१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३० आइतबार o६:१o:oo
Read Time : < 1 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

डेंगुबाट मृत्यु हुने ३२ पुुगे

थप १०५१ जनामा डेंगु, संक्रमित २५ हजार नाघे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार o६:१o:oo

 नेपालमा साउनयता डेंगुु संक्रमणबाट हालसम्म ३२ जनाको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार सोमबार थप एक हजार ५१ जनामा संक्रमण देखिएको छ । हालसम्म २५ हजार पाँच सय ४३ जनामा संक्रमण पुष्टि भएको छ, जुन नेपालमा हालसम्मकै धेरै हो । 

डेंगु संक्रमण पुष्टि भएका झन्डै पाँच गुणाभन्दा बढी संक्रमित समुुदायस्तरमा रहेको अनुमान गरिएको महाशाखाले जनाएको छ । गम्भीर लक्षणसहितका बिरामी मात्रै उपचारका लागि अस्पताल पुुग्ने गरेको र अधिकांशले घरमै औषधि सेवन गरेर बसेको पाइएको चिकित्सकहरू बताउँछन् । 

हालसम्म सबैभन्दा धेरै काठमाडौंमा आठ हजार आठ सय ९६, ललितपुरमा ६ हजार ३५ र मकवानपुरमा दुई हजार दुुई सय ७५ जनामा संक्रमण देखिएको छ । दाङमा एक हजार दुई सय ७८, भक्तपुरमा एक हजार ५८, रुपन्देहीमा सात सय २५, चितवनमा ६ सय एक र धादिङमा चार सय ४९ जनामा संक्रमण पुष्टि भएको छ । महाशाखाले हालसम्म ७५ जिल्लामा डेंगु फैलिएको जनाएको छ । 

सबैभन्दा उच्च संक्रमण देखिएको काठमाडौंका सरकारी र निजी अस्पताला गम्भीर लक्षणसहितका बिरामीको भिड घट्न सकेको छैन । डेंगु संक्रमितमा चिकित्सकसँग परामर्श गरेर सिटामोलको प्रयोग मात्रै उपचारको विकल्प भएकाले अस्पताल भर्नादर भने सामान्य रहेको चिकित्सक विमल चालिसेले बताए ।
‘शरीरमा प्रतिरोधी बढाउने खानेकुराको प्रयोग, आराम र लक्षणको उपचारका लागि सिटामोलको प्रयोगबाहेक विकल्प छैन ।

गम्भीर लक्षण देखिएमा आवश्यकताअनुसार अस्पताल भर्ना गरेर थप उपचार गरिरहेका छौँ । तर शरीर, मांसपेसी दुखाइजस्ता लक्षण लामो समयसम्म देखिएकाले समस्या निम्तिरहेको छ,’ उनले भने । लामखुट्टे नियन्त्रणमा सरकारले समयमै चासो नदिँदा डेंगु संक्रमणले भयावह रूप लिएको चिकित्सकहरूले बताउँदै आएका छन् । 

ad
ad