१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज ९ आइतबार
  • Monday, 12 May, 2025
२o७९ असोज ९ आइतबार १९:१o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रुपन्देही प्रहरीद्वारा चाडपर्व लक्षित विशेष सुरक्षा योजना सार्वजनिक, १ हजार २०० बढी प्रहरी परिचालन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असोज ९ आइतबार १९:१o:oo

रुपन्देही प्रहरीले चाडपर्वलक्षित विशेष सुरक्षा योजना सार्वजनिक गरेको छ। आइतबार भैरहवामा पत्रकार सम्मेलन गरी जिल्ला प्रहरी कार्यालय रुपन्देहीले दसैँ, दीपावली र छठ पर्वलाई मध्यनजर गर्दै जिल्लाको शान्ति सुरक्षालगायत ट्राफिक व्यवस्थापन गर्न चाडपर्व अवधिभर १ हजार २ सय ४८ जना प्रहरी परिचालन गरेको रुपन्देहीका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए।

चाडपर्वमा हुन सक्ने विसंगति, विकृतिविरुद्ध प्रहरी परिचालन गरेको र नेपाल - भारत सीमा एरियामा कडा चेकजाँचको व्यवस्था गरी अवैध गतिविधि रोक्ने प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए। चाडपर्वको समयमा बढी पटका, आतिसबाजीको प्रयोग हुने भएकोले सोको नियन्त्रणमा पनि प्रहरी कडाइका साथ प्रस्तुत हुने उनले बताए। चाडपर्वमा जुवालाई नियन्त्रण गर्न सादा पोसाकका प्रहरी परिचालन गर्ने प्रहरीको योजना छ। जुवा, चन्दालगायतका गतिविधिहरूको गोप्य रूपमा सूचना संकलन गरी कारबाहीको दायरामा ल्याउने प्रहरी प्रमुख रेग्मीले जानकारी दिए। 

यस्तै, राजमार्गलक्षित गरी रातिको समयमा गस्ती बढाउने योजना रहेको डिएसपी श्यामु अर्यालले जनाए। बन्द रहने सरकारी कार्यालय, तथा संघ–संस्थाका सुरक्षा गार्ड र कार्यालय सहयोगीहरूसँग समन्वयसहितको सुरक्षा व्यवस्था मिलाइनेछ। प्रहरीका विभिन्न युनिटहरूले विगतमा आ–आफ्ना एरियामा घटेका घटनाहरूलाई मध्यनजर राखी पैदल, साइकल, मोटरसाइकल र गाडी गस्ती परिचालन गर्नेछ।