१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 July, 2025
Invalid date format १८:३७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सिंहदरबारको ‘डाटा ब्याकअप’ मा आगलागी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:३७:oo

सिंहदरबारको प्रशासनिक डाटा ब्याकअपको रूपमा प्रयोग गरिएको डिजास्टर रिकभरी केन्द्रमा आगलागी भएको छ।

हेटौँडा– ५ स्थित हुप्रचौरमा सञ्चालित सरकारी डाटा सेन्टर रिकभरी केन्द्रमा आइतबार दिउँसो २ः३० बजे आगलागी भएको हो। 

आगलागी भएको करिब २ घण्टापछि सेना, प्रहरी र सशस्त्रको टोलीसहित हेटौँडा उपमहानगरपालिकाको दमकलले नियन्त्रणमा लिएको थियो । केन्द्रको ब्याट्री रुममा राखिएको इन्टर्भर ब्याट्री सर्ट भएर पड्किएपछि आगलागी भएको केन्द्रका कम्युटर इन्जिनियर प्रदीप भट्टराईले बताए।
उनका अनुसार आगलागीका कारण प्रति २ भोल्टको रूपमा सञ्चालित ४ सय ८० वटा ब्याट्रीमध्ये आधा जलेर नष्ट भएको छ। ‘डाटामा कुनै क्षति नपुगेको हाम्रो अनुमान छ, हामीले आगलागी भएको केही समयमै डाटाका मेसिनहरू अफ गरेका थियौँ । त्यसकारण त्यहाँ क्षति नभएको अनुमान गरिएको हो ।’ उनले भने, ‘आगलागी भएका ब्याट्री पनि सबै नष्ट भएका छैनन्।’
भट्टराईले आगलागीपछि सिस्टम भने बन्द गरिएको बताए। उनले डाटा रहने सिस्टम बन्द गरिएको र आगलागीका कारण भएका क्षतिपछिका सामग्री तयार नभएसम्म सिस्टम चलाउन समस्या हुने जानकारी दिए। 

‘यो सिंहदरबारभित्रका प्रशासनिक निकायमा हुने सबै सिस्टमका डाटाहरूको ब्याकअप हो, त्यहाँ कुनै कारणले क्षति भएमा यहाँ ब्याकअप रहन्छ। त्यसकारण यहाँ सिस्टम सञ्चालन नभएसम्म सिंहदरबारभित्र पनि प्रशासनिक कार्यमा समस्या आउन सक्छ।’ उनले भने। 

केन्द्रका अर्का कम्युटर इन्जिनियर अविनास साहले १–२ दिनमै सिस्टम पूर्ण रूपमा सञ्चालन गर्न सकिने बताए।