१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
Invalid date format १६:४६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मुख्य चोककै नालीमा भेटियो सालनालसहितको मृत शिशु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:४६:oo

सिराहाको गोलबजार नगरपालिका– ६ गोलबजारस्थित मुख्य बजार क्षेत्रकै नालीमा आइतबार बिहान सालनालसहितको मृत शिशु फेला परेको छ। 

करिब ६ महिनाको शिशु सालनालसहित नालीमा मृत अवस्थामा देखेपछि स्थानीले खबर गरेलगत्तै प्रहरी पुगेर घटनास्थल मुचुल्कासहित आवश्यक प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि लहानस्थित प्रादेशिक अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको हो। 

गोलबजार प्रहरीका निमित्त प्रमुख प्रहरी निरीक्षक प्रदीप पौड्यालका अनुसार शिशुको शव लहान पठाइएपछि प्रहरीले अनुसन्धान थालेको छ। अवैध सम्बन्धका कारण गर्भ बसेपछि बेइज्जत हुने डरले अवधि नपुगी औषधि सेवन गरी घरमै शिशु जन्माएर सालनालसहित फालेको हुन सक्ने स्थानीयको आशंका छ।