१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 05 July, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १६:३७:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेप्सेको ओरालो यात्रा कायमै, एक अर्ब सात करोडकाे काराेबार

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १६:३७:oo

धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज पनि झन्डै २४ अंकले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २३ दशमलव ८३ अंकले ओरालो लागेर एक हजार आठ सय १५ दशमलव १३ मा बिन्दुमा ओर्लेको छ।

यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव ८३ अंकले ओरालो लागेर तीन सय ५५ दशमलव ६० मा सीमित भएको छ । कुल दुई सय २८ कम्पनीको ४० लाख १४ हजार चार सय १९ कित्ता सेयर रु. एक अर्ब सात करोड २४ लाख ८० हजार ९७ मूल्यमा खरिद–बिक्री भएको छ।

नेप्सेका अनुसार कारोबार भएका १३ वटै उपसमूहको सेयर मूल्यमा आज गिरावट आएको छ। आइतबारको कारोबारपछि बजार पुँजीकरण रु. २६ खर्ब आठ अर्ब तीन करोड ४६ लाख ९६ हजार आठ सय ६६ बराबर रहेको छ।

कारोबारका आधारमा लक्ष्मी बैंक शीर्ष स्थानमा छ। सो बैंकको रु. २६ करोड दुई लाख ५७ हजार पाँच सय १८ बराबरको कारोबार भयो। यस्तै, नबिल बैंक रु. चार करोड २९ लाख ७८ हजार चार सय ५३, रिडी पावर कम्पनी रु. तीन करोड ४९ लाख ८२ हजार, नेपाल पूर्वाधार बैंक रु. दुई करोड ५९ लाख ४० हजार दुई सय ९३ र अरुण काबेली पावरको रु. दुई करोड २३ लाख २५ हजार चार सय ७९ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन्।

अभियान लघुवित्तको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो ।  नबिल इक्विटी फन्ड दुई दशमलव ९४, लक्ष्मी बैंक दुई दशमलव ६६, एनआइबिएल प्रगति फन्ड दुई दशमलव ५६ र जोशी हाइड्रोपावरका लगानीकर्ताले दुई प्रतिशतले कमाएका छन्।

यस्तै, तेह्रथुम पावर सात दशमलव ९०, कुमारी धनवृद्धि योजना सात, सामुदायिक लघुवित्त छ दशमलव ६५, नेपाल पूर्वाधार बैंक ६ दशमलब ४१ र बुद्धभूमि नेपाल हाइड्रोपावरका लगानीकर्ताले पाँच दशमलव ७४ प्रतिशतले गुमाएका छन्।