
लोक सेवा आयोगका पूर्वअध्यक्ष तथा पूर्वसचिव उमेशप्रसाद मैनालीद्वारा लिखित ‘सुनेको शासनः भोगेको प्रशासन’ पुस्तक लोकार्पण गरिएको छ। शनिबार प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको प्रमुख आतिथ्यतामा काठमाडौंमा आयोजित एक कार्यक्रममा पुस्तक लोकार्पण गरिएको हो।
तीन दशकभन्दा लामो समय निजामती प्रशासनमा बिताएका मैनालीले निजामती सेवाका भोगाइ र अनुभव समेटेर सो पुस्तक लेखेका हुन्। पुस्तक बुकहिल पब्लिकेसनले प्रकाशन गरेको हो।