
कप्तान लियोनल मेसीले दुई गोल गरेको खेलमा होन्डुरसलाई ३–० ले हराउँदै अर्जेन्टिनाले आफ्नो अपराजित यात्रालाई ३४औँ खेलसम्म निरन्तर राखेको छ । अर्जेन्टिनालाई लाउटारो मार्टिनेजले १६औँ मिनेटमा अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा मेसीले पेनाल्टीमार्फत गोल गर्दा अर्जेन्टिना २–० ले अघि बढ्यो ।
मेसीले ६९औँ मिनेटमा अर्को गोल थपे । मेसीले यससँगै आफ्नो अन्तर्राष्ट्रिय गोलसंख्या ८८ पु¥याएका छन् । उनले एक सय ६३ अन्तर्राष्ट्रिय खेल खेलेका छन् । अर्जेन्टिनाले अब बुधबार जमैकासँग मैत्रीपूर्ण खेल खेल्नेछ । त्यस्तै, कतार विश्वकपमा २२ नोभेम्बरमा अर्जेन्टिनाले आफ्नो सुरुवाती खेलमा साउदी अरेबियासँग प्रतिस्पर्धा गर्नेछ ।