१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज ७ शुक्रबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौँ
२o७९ असोज ७ शुक्रबार १९:१o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

डा. केसीको अनशन जारी, स्वास्थ्य अवस्था जटिल बन्दै 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o७९ असोज ७ शुक्रबार १९:१o:oo

आमरण अनशनमा बसेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएको छ। स्वास्थ्य र चिकित्सा क्षेत्र सुधारका लागि सातबुँदे माग राख्दै अनशन बसेका डा. केसीलाई काठमाडौं ल्याइए पनि उनको स्वास्थ्य अवस्था बिग्रँदै गएको हो।  

अनशन सुरु गरेको ११औँ दिन शुक्रबार त्रिवि शिक्षण अस्पतालले एक विज्ञप्ति जारी गर्दै डा. केसीको स्वास्थ्य अवस्था बिग्रँदै गइरहेको बताएको छ। यसअघि केसीको पिसाबमा रगत देखिनेलगायतका समस्या देखिएकोसमेत अस्पतालले जनाएको छ। 

धनगढीमा अनशनरत प्रा.डा. गोविन्द केसीलाई बुधबार काठमाडौं ल्याइएको थियो। काठमाडौं ल्याइएदेखि केसीले त्रिवि शिक्षण अस्पताल (टिचिङ)मा उपचार गराइरहेका छन्।