१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार १८:o२:oo
Read Time : > 2 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सडक संरक्षणमा बेवास्ता : नालीमा झाडी, जोखिममा गाडी

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १८:o२:oo

गुल्मीको रिडीदेखि सिमलटारीसम्मको सडक कालोेपत्रे भएको छ। यी सडक रुरु क्षेत्र, छत्रकोट, गुल्मी दरवार, रेसुंगा, इस्मा र मालिका गाउँपालिकाको महत्वपूर्ण सम्पती हो। त्यस्तै रिडी–रुद्रवेणी–वामी सडकखण्ड अन्तर्गत सत्यवति, चन्द्रकोट गाउँपालिका र मुसिकोट नगरपालिकाका विभिन्न भागमा कालोपत्रे गरिएको छ। यी सडक निर्माणमा राज्यको अर्बौँ लगानी भएको छ तर ठूला भनिएका यी सडकको संरक्षणमा सवैतिरबाट बेवास्था देखिएको छ। 

सडक सुरक्षाको लागि नाली व्यावस्थापन महत्वपूर्ण हो। गाउँका अधिकांश सडकमा नाली नहुँदा बर्खे भलले बिजोक बनेका छन् भने कालोपत्रे भएको मुख्य सडकहरु त झन् जोखिमपूर्ण बन्दै गएपनि नागरिक स्तरबाट आलोचना सुरु भएको छ। नालीमा पहिरो र ठुला झाडी बनेका छन्। लामो सयम झाडी नहटाउने र पहिरो सफा नगरेको कारण महत्वपूर्ण सडकहरु खण्डहर बन्दै गएका छन्। 

समस्या देख्दैनन् मन्त्रीदेखि हाकिमसम्म
पूरानो र व्यस्त मध्येको रिडी–रुद्रवेणी–वामी सडकखण्डको सत्यवति खण्डमा नाली व्यावस्थापन नहुँदा कालोपत्रे सडक भत्किएर सकिन थालेका छन् भने नालीको झाँडीले नजिकैको गाडी नदेखिने हुनाले दुर्घटनाको जोखिम निकै बढिरहेको सत्यवति गाउँपालिका ५ का सुमन भण्डारीले गुनासो गरे। उनले अझै केहि समय नाली र झाडी सफा नगरे ठुलो दुर्घटनासँगै कालोपत्रे पनि बाँकी नरहने बताए। 

रिडी–रुद्रवेणी–वामी सडकखण्डमा दैनिक सयौँ गाडी गुड्छन् तर त्यो सडकमा पर्ने सत्यवति, चन्द्रकोट गाउँपालिका र मुसिकोट नगरपालिकालाई कुनै मललब नभएको भण्डारीले बताए। गुल्मीको पुरानो र मुख्य सडक रिडी–तम्घासकै सडक बेहान बन्दै गएको छ। सडक स्तरउन्नोतिका नाममा भएको कालोपत्रेसमेत ध्वस्त भएको छ। 

सडकका नाली र वर्षामा झरेका पहिरा हटाउन स्थानीय सरकार वा सम्बन्धित कार्यालय कसैलाई पनि चासो छैन। इस्मा र मालिका गाउँपालिका भित्रको कालोपत्रे सडकको नालीको अवस्था निकै लाजमर्दो रहेको छ। यिनै सडकबाट दैनिक स्थानीय सरकार प्रमुख, नेता र अड्डा प्रमुखहरु कुद्छन्। मन्त्री र सांसदहरुको सवारी पनि सोहि सडकबाट नभएका होइनन् तर अवस्था सुधारमा कसैको ध्यान पुग्दैन्।

कसैले सुन्दैनन् ट्राफिकका कुरा
सडक दुर्घटना न्यूनीकरण गर्न केहि वर्ष पहिले सडक छेउमा राखिएका ऐना अहिले भेटिँदैनन्। साघुँरो र घुमाउरो सडकबाट हुने जोखिमका विषयमा जिम्मेवार निकाय मौन छन्। जसकारण अप्रिय घटना घटेपछि मात्रै जिब्रो टोक्नुपर्ने स्थिती छ। मदनभण्डारी राजमार्गअन्तर्गत तम्घासदेखि सिमलटारीसम्म रेसुंगा नगर, मालिका र इस्मा गाउँपालिकामा सडक कालोपत्रे रहेको  छ। तर, सबैंै स्थानीय तहमा पर्ने नालीमा घाँस र पहिरोले अगाडीको गाडी देख्न मुस्किल पर्छ। सडकमा पसेको भल र पहिरो पन्छाउन महिनौंसम्म कार्यालय र स्थानीय तहको आँखा पर्दैनन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी नायब निरीक्षक कृष्ण आचार्यले चाडपर्व सुरु भएकाले सबैको सहयोगमा सडकको मर्मत र व्यवस्थापन गर्नुपर्नेमा जोड दिए। उनले सडक र दुर्घटनाको जोखिमका विषयमा बेलाबखतमा जनप्रतिनिधि, नेता र सडक निर्माण गर्ने कार्यालयहरुको ध्यानाकर्षण गराए पनि कसैले चासो नदिएकाले समस्या बल्झिरहेको बताए।

स्थानीय तह र कार्यालयहरुबिच समन्वय अभाव
प्रायः स्थानीय तहमा लेन्थवर्कर छन्। उनीहरुले ठुला सडकमा काम गर्दैनन्। स्थानीय तहले सडक निर्माण गर्ने कार्यालयले नै सडक संरक्षण गर्नुपर्ने बताउँदै आएका छन्। कार्यालयहरुसँग छुट्टै बजेट र जनशक्ति छैन। तर, कार्यालय र स्थानीय तहबिच समन्वय भए कुनै समस्या छैन। मालिका गाउँपालिका प्रमुख देवीराम अर्यालले सडक संरक्षणको पहिलो दायित्व सडक निर्माण गर्ने कार्यालयकै भएपनि आफूहरुले पनि समन्वय गर्ने बताए। मदनभण्डारी राजमार्ग आयोजना कार्यालयका इन्जिनियर वीरेन्द्रप्रकाश यादवले आफूहरुसँग सिमित लेन्थवर्कर भएकाले सबै सडकको नाली व्यवस्थापन गर्न नसकिएको बताए। उनले स्थानीय तहसँग समन्वय गरेर काम अगाडी बढाउने प्रतिक्रिया दिए। प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले स्थानीय तह र संघ तथा प्रदेशका कार्याहरुको समन्वय भए सडकको व्यवस्थापनमा कुनै समस्या नरहेको बताए। उनले आफूले पनि कार्यालय प्रमुखहरुको बैठकमा सडक सुचारु र व्यवस्थापन गर्ने विषयमा सडकसँग सम्बन्धित कार्यालयहरुलाई निर्देशन दिएको बताए।

दुर्लभ बन्दै नागरिक कर्तव्य
केहि वर्ष पहिलेसम्म जिल्लाका अधिकांश साना सडक दसैँमा नागरिक आफैंले श्रमदान गरेर सफा गर्थे र गाडी गाउँ पुग्थे। धेरै संख्यामा नागरिक भेला हुँदा काम हुने त भइहाल्यो, सँगै सडकप्रति सबैैको अपनत्व हुन्थ्यो र संरक्षण पनि गर्थे। अहिले घर अघि पल्टिएको ढुङ्गा उठाउन र झार उखेल्न पनि पालिकाको डोजर आउनुपर्छ।

नागरिक तहबाट पनि कामभन्दा गाली हुने गरेको यहाँका स्थानीय स्विकार्छन्। इस्मा गाउँपालिका–६ का ७९ वर्षीय तेजबहादुर केसीसंग पाल्पा सडक खन्न पुगेको अनुभव छ। उनले बर्खापछि दसैँमा गाउँमा गाडी लैजान कहिल्यै सरकारको पैसा खर्च नभएको सुनाए। ‘गाउँमा झारा तिरेर सडक, पधेँरा र भवनहरु सयौं बनाएको म ज्यूँदै छु। तर, मैले नै परनिर्भरताको पराकाष्ठ भोगेँ,’ उनले भने। सबैले आफ्नो घर आसपासका सडकको रेखदेख र संरक्षण गरे सधैं भनेजस्तो सडक हुने केसीले बताए।

ad
ad