१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 04 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:२६:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

बंगलादेशविरुद्धको खेलमा राष्ट्रिय टोली घोषणा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:२६:oo

बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ। 

एन्फा कार्यालयमा बिहीबार एक कार्यक्रमको आयोजना गरेर एन्फाले बंगलादेशसँग हुने मैत्रीपूर्ण खेलका लागि टोली घोषणा गरेको जनाएको हो। 

कार्यबाहक मुख्य प्रशिक्षक प्रदीप हुमागाईंले टोलीको घोषणा गरेका हुन्। घोषणा गरिएको टोलीमा सुनील बल र नवयुग श्रेष्ठ समावेश छैनन् भने यसअघिका प्रशिक्षक अबदुल्लाह अल्मुताइरीसँगको विवादका कारण टोलीबाट निकालिएका १० जना खेलाडीले पुनरागमन गरेका छन्।

चोटका कारण सुनील बल टोलीमा नपरेको मुख्य प्रशिक्षक प्रदीप हुमागाईंले बताए। घोषणा गरिएको टोलीमा नयाँ दुई अनुहारले स्थान बनाएका छन्। थ्री स्टार क्लबका ऋतिक खड्का र चर्च ब्वाइज युनाइटेडका आशिष चौधरीले स्थान बनाएका हुन्।

यस्तै, टिममा कार्यबाहक प्रशिक्षक प्रदीप हुमागाईंले चार गोलकिपरलाई स्थान दिएका छन्। प्रशिक्षणका दौरान डेंगुको संक्रमण देखिएपछि केही दिन रहेका तीन गोलकिपरसँग प्रशिक्षण गर्न नपाएको कारण सेफ ल्यान्डिङका लागि चार गोलकिपर राखेको प्रशिक्षक प्रदीप हुमागाई‌ंले प्रस्ट पारे। 

प्रशिक्षणको क्रममा गोलकिपरका अलावा अन्य खेलाडीमा पनि डेंगुु भएको बताउनुभयो। डेंगु लाग्नेमा गौतम श्रेष्ठ, विकास खवास, भरत खवास, विशाल श्रेष्ठ, सुरजज्यू ठकुरी थिए। नेपालले बंगलादेशसँग त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा असोज ११ गते मैत्रीपूर्ण खेल खेल्दै छ। 

नेपाली टोली 
 
गोलकिपरः किरण चेम्जोङ, विकेश कुथु, विशाल श्रेष्ठ, दीप कार्की
डिफेन्डरः अनन्त तामाङ, रोहित चन्द, विकास तामाङ, विकास खवास, दिनेश राजवंशी, सुमन अर्याल, रञ्जित धिमाल
मिडफिल्डरः तेज तामाङ, सेसेहाङ आङ्देम्बे, विशाल राई, एरिक बिष्ट, सुरजज्यू ठकुरी, सुजल श्रेष्ठ, सुदीप गुरुङ
फरवार्डः विमल घर्ती मगर, ऋतिक खड्का, मनीष डाँगी, अञ्जन बिष्ट, आशिष चौधरी