१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज ६ बिहीबार
  • Monday, 12 May, 2025
२o७९ असोज ६ बिहीबार १३:२२:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

चीनबाहिर पहिलो ह्वावे कनेक्टस, ‘ह्वावे क्लाउड आविष्कारहरू विश्वव्यापी हुँदै’

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ असोज ६ बिहीबार १३:२२:oo

ह्वावे क्लाउडका प्रमुख कार्यकारी अधिकृत चाङ पिंगआनले इन्डोनेसिया र आयरल्यान्डमा नयाँ क्षेत्रहरू सुरु गर्ने योजनाबारे जानकारी दिएका छन्। बैंककमा सुरु भएको ह्वावे कनेक्ट २०२२ मा उनले ‘गो क्लाउड, गो ग्लोबल’ इकोसिस्टम योजनाको अनावरण गर्दै सेवाको रूपमा सबै कुराको प्रतिबद्धतालाई पुनः पुष्टि गरे।

ह्वावे क्लाउडको ग्लोबल मार्केटिङ एन्ड सेल्स सर्भिसका अध्यक्ष ज्याकलिन शिले ह्वावे क्लाउडले क्लाउड नेटिभ, एआई विकास, डाटा गभर्नेन्स, डिजिटल कन्टेन्ट, सफ्टवेयर डेभलपमेन्ट र माक्रोभर्स एपास समेटेर विश्वभर १५ भन्दा बढी इनोभेसनहरू लन्च गर्ने उल्लेख गरे।

कार्यक्रममा ह्वावेका रोटेटिंग अध्यक्ष केन हुले संगठनहरूले लिपफ्रग विकासका लागि डिजिटल स्मार्ट टेकलाई भविष्यको रूपमा अंगाल्नुपर्ने बताए। ह्वावे क्लाउडले क्लाउडमा लेटेस्ट एआई, एप्लिकेसन विकास र ठूला डेटा प्रविधिहरू र विकास उपकरणहरू ल्याउन दुई सय ४० भन्दा बढी सेवाहरू र ५० हजारभन्दा बढी एपिआई एकीकृत गरेको छ। ह्वावे क्लाउडको इनोभेसन र विशेषज्ञताले संस्थाहरूलाई क्लाउडमा छिटो र राम्रोसँग सार्न थप मद्दत गर्ने उनले बताए।

केन हुका अनुसार ह्वावे क्लाउड एउटा विश्वव्यापी नेटवर्क निर्माण गर्न प्रतिबद्ध छ जसले ह्वावे क्लाउड सेवाहरू विश्वको जुनसुकै ठाउँबाट ५० मिलिसेकेन्डभित्र पहुँच गर्न अनुमति दिन्छ। उद्यमहरूले अब आफ्नै डेटा केन्द्रहरू निर्माण गर्न आवश्यक नपर्ने भन्दै उनले ह्वावे क्लाउडले इन्डोनेसिया र आयरल्यान्डमा नयाँ क्षेत्रहरू सुरु गर्ने बताए। यस वर्षको अन्त्यसम्ममा ह्वावे क्लाउडले एक सय ७० भन्दा बढी देश र क्षेत्रहरूलाई समेट्ने २९ क्षेत्र र ७५ वटा उपलब्धता क्षेत्रहरू प्रयोग गरिसकेको हुने बताइएकाे छ।

चाङ पिंगआनले ‘गो क्लाउड, गो ग्लोबल’ योजना पनि जारी गरे। एभ्रिथिङ एज अ सर्भिसमा ध्यान केन्द्रित गर्दै ह्वावे क्लाउडले एक सय ७० भन्दा बढी देश र क्षेत्रहरूमा सेवाहरूमा प्राप्त गरेको स्थानीय अनुभव, साथै प्रमुख क्षेत्रहरूमा व्यवसाय र उद्योगहरूको अन्तर्दृष्टि सेयर गर्नेछ र यसको प्रविधि र सोलुसन विश्वव्यापी पारिस्थितिक प्रणालीमा योगदान दिने बताइएकाे छ। उक्त प्रयासले थप उद्यमहरूलाई क्लाउड राम्रोसँग प्रयोग गर्न र विश्वव्यापी रूपमा अझ सफलतापूर्वक जान मद्दत गर्ने उनकाे विश्वास छ।

एसिया प्यासिफिक क्षेत्रका १२० भन्दा बढी उद्यमहरू ह्वावे क्लाउड स्टार्टअप कार्यक्रममा सामेल भएका छन्। आफ्नो मन्तव्यमा ज्याकलिन शिले सिसिइई टर्बो, युबिक्वटस क्लाउड नेटिभ सर्भिस, पांगु वेभ मोडल, डेटाआर्ट लेकफर्मेसन, भर्चुअल लाइभ, कोडचेक र क्लाउडटेस्ट, कुमेसेज, कुसर्च र कुग्यालरीसहित १५ इनोभेटिभ ह्वावे क्लाउड सेवाहरू प्रस्तुत गरे।

अगाडि हेर्दा, ह्वावे क्लाउडले सेवाको रूपमा पूर्वाधार, सेवाको रूपमा प्रविधि र सेवाको रूपमा विज्ञतामार्फत उद्योगहरूलाई सेवाको रूपमा सबै थोकसँग डिजिटल ल्याउन र इन्टेलिजेन्ट संसारका लागि क्लाउड आधार निर्माण गर्न जारी राख्ने उनले बताए।