१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २९ सोमबार
  • Monday, 12 May, 2025
२o८२ बैशाख २९ सोमबार १३:११:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मोटरसाइकलको ठक्करबाट घाइते साउदको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ बैशाख २९ सोमबार १३:११:oo

कैलालीको अत्तरियामा मोटरसाइकलको ठक्करबाट घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ । बैतडीको शिवनाथ गाउँपालिका– ४ घर भएकी ३० वर्षीया हरु साउदको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनी गत २३ वैशाखमा मोटरसाइकलको ठक्करबाट घाइते भएकी थिइन् । धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचारका क्रममा साउदको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आफ्ना दुई छोरालाई पढाउनका लागि भनेर उनी बैतडीबाट अत्तरिया आएकी बताइएको छ ।