१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
Invalid date format १३:o६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रधानमन्त्रीको उम्मेदवार अघि सार्न नसक्नेहरूले देशको नेतृत्व गर्न सक्दैनन् : महासचिव पोखरेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:o६:oo

एमाले महासचिव शंकर पोखरेलले मंसिर ४ का लागि प्रधानमन्त्रीको उम्मेदवारसमेत अघि सार्न नसक्ने पाँचदलीय गठबन्धनले देशको नेतृत्व गर्न नसक्ने दाबी गरेका छन्। पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, जसपाका कार्यकारिणी सदस्य होरिलाल चौधरीलगायतलाई पार्टी प्रवेश गराउने कार्यक्रममा पोखरेलले यस्तो बताएका हुन्।

पोखरेलले अबको चुनावबाट मुलुकको नेतृत्व गर्ने आत्मविश्वाससहित पार्टी अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार अघि सारेको, तर गठबन्धन प्रधानमन्त्रीको उम्मेदवार तय गर्ने विवाद र स्वार्थमै रुमल्लिएको दाबी गरे।

पदीय स्वार्थ पूर्ति र महत्वाकांक्षाका लागि गठबन्धन बनाउनेहरूले देशको नेतृत्व नगर्ने उनको भनाइ थियो। ‘हामीले पार्टी अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार अघि सार्‍याैँ, तर गठबन्धनबाट प्रधानमन्त्रीको उम्मेदवार को हो ?’ पोखरेलले भने, ‘स्वार्थका लागि एकठाँउ भेला भएकाहरूले उम्मेदवार अगाडि सार्न सक्दैनन्। त्यस्ताले देशको नेतृत्व गर्न पनि सक्दैनन्।’

एमाले एउटा पार्टी मात्र नभएर देशलाई सक्षम रूपमा नेतृत्व गर्न सक्ने, सबैलाई प्रतिनिधित्व गर्ने बलियो राष्ट्रिय शक्तिका रूपमा विकास भइरहेको उनको दाबी छ।