१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज ५ बुधबार
  • Monday, 07 July, 2025
हदिश खुद्दार जनकपुरधाम
२o७९ असोज ५ बुधबार २o:१८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राष्ट्रपतिको कदमविरुद्ध मधेसमा प्रदर्शन 

Read Time : < 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
नयाँ पत्रिका
२o७९ असोज ५ बुधबार २o:१८:oo

नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै मधेसकेन्द्रित दलहरूले राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला दहन गरेका छन्। 

मधेसकेन्द्रित जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा), जनमत पार्टी, तराई मधेस पार्टी(तमलोपा)सहितका दलहरूले राष्ट्रपति भण्डारी पुतला दहन तथा राजीनामाको माग गरेका छन्। 

त्यसैगरी, नागरिकता विधेयकलाई लिएर नै नेपाली कांग्रेस, माओवादी केन्द्रका भातृ संगठनहरूले बुधबार मधेस प्रदेशका विभिन्न जिल्लाहरूमा राष्ट्रपति भण्डारीको विरुद्धमा विरोधका विभिन्न कार्यक्रम गरेका छन्। 

राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरी संविधानको उल्लंघन गरेको भन्दै जसपाले जनकपुरधाममा राष्ट्रपतिको पुत्ला दहन गरेको छ।
 
जसपाका नेता तथा कार्यकर्ताहरूले बुधबार दिउँसो ५ बजे स्थानीय जनक चोकमा जम्मा भई राष्ट्रपति भण्डारीको विरोध गर्दै पुतला दहन गरेका  हुन्। पुतला दहनको क्रममा प्रहरी र जसपाका कार्यकर्ताबीच घम्साघम्सीसमेत भएको थियो। 
 
त्यसैगरी, लोसपा धनुषाले राष्ट्रपति भण्डारीको कदमविरुद्ध स्थानीय पिराडी चोकमा एक घण्टा यातायात अवरुद्ध गरेका छन्। 

जनमत पार्टीले पनि बुधबार बिहान सिराहामा राष्ट्रपति भण्डारीको पुतला दहन गरेका छन्। यस्तै, तमलोपाले पनि राष्ट्रपति भण्डारीको राजीनामाको माग गर्दै जनकपुरधाममा विरोध प्रदर्शन गरेका छन्।