१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
मोहन विष्ट कञ्चनपुर
Invalid date format १८:o८:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

कञ्चनपुरमा बच्चा चोरीको आशंकामा भारतीयसहित चारजना पक्राउ 

Read Time : > 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
Invalid date format १८:o८:oo

देशभरि बच्चा चोरीको हल्ला चलिरहेका वेला कञ्चनपुरमा पति त्यसको तरङ मच्चिएको छ। सोमबार बच्चा चोरीको आशंकामा स्थानीयले नै चारजनालाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन्। 

शुक्लाफाँटा नगरपालिका- ८ का ६ वर्षीया एक बालकलाई मिठाई दिएर ललाइफकाई जंगलतिर लैजाने क्रममा स्थानीयले चारैजनालाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन्। शुक्लाफाँटा नगरपालिका- ८ का वडाध्यक्ष बहादुरसि‌ंह महराले गाउँमा नयाँ व्यक्ति प्रवेश गरेपछि घटनाले स्थानीय सचेत भएको बताए। 

तीन भारतीयसहित चारैजनालाई अहिले प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता चक्रबहादुर शाहले बच्चा चोरीको आशंकामा चारैजनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको बताए। प्रवक्ता शाहका अनुसार पक्राउ पर्नेमा रौतहट घर भई हाल कैलालीको अत्तरिया बस्दै आएका २८ वर्षीय अनिलकुमार साह, भारतको बिहारका ३३ वर्षीय पिन्टु साह, २५ वर्षीय राजकिशोर साह र २७ वर्षीय विकासकुमार साह पक्राउ परेका छन्। 

‘बच्चा चोर्न लागेको भन्दै गाउँलेले चारैजनालाई घेरा हालेका रहेछन्, प्रहरीलाई खबर गरेपछि हामीले नियन्त्रणमा लिएका हौँ,’ प्रवक्ता शाहले भने, ‘पक्राउ परेकाहरूमाथि अनुसन्धान अघि बढाएका छौँ।’

दोषी भेटिए चारैजना माथि कारबाही हुने प्रहरीले जनाएको छ। अहिले शुक्लाफाँटा नगरपालिका-८ बाट बच्चा चोरीको आशंकामा चारजना पक्राउ गरिएपछि स्थानीयले गाउँमा आउने अपरिचित व्यक्तिमाथि निगरानी बढाएका छन्। शुक्लाफाँटाको पिलहरी र बेलडाँडीमा सुनका गरहगनामा जलप लगाउने भन्दै सोमबार पुगेका तीन भारतीयसहित चारजनालाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीले बुझाएका थिए। उनीहरूले ६ वर्षीय बालकलाई बेहोस बनाएर जंगलतर्फ लैजान लागेपछि नियन्त्रणमा लिएको दाबी गरेका छन्। ती बालकलाई बेहास बनाउनुअघि उनीहरूले मिठाई, चकलेट र ५ रुपैयाँ दिएको स्थानीको भनाइ छ।

सुनका गरगहनामा जलप लगाउन वस्तीमा गएको पक्राउ परेकाहरूले प्रहरीलाई बताएका छन्। शुक्लाफाँटा नगरपालिका- ८ का वडाध्यक्ष बहादुर महराका अनुसार वस्तीमा सुनका गहनामा जलप लगाउने भनेर उनीहरू पहिलोपटक देखिएका हुन्। यसअघिसम्म वस्तीमा सुनका गहनामा जलप लगाउने भनेर कोही पनि नआएको महराले बताए।

‘अहिलेसम्म कोही पनि जलप लगाउन आएका छैनन्, पहिलोपटक आएका हुन्, ‘उनले भने, ‘गरिब वस्तीमा सुनका गहना टल्काउने भनेर आएपछि स्वतः शंकामा परिहाल्छन्।’