१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024
फाइल तस्बिर
२o८१ जेठ ७ सोमबार १७:४८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

नेपालगन्जमा अझैँ खुलेन सस्तो पसल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार १७:४८:oo

बाँकेको नेपालगन्ज र कोहलपुरमा दसैँलक्षित सस्तो पसल सञ्चालनमा नआउँदा सर्वसाधारण मर्कामा परेका छन्। दसैँलाई लक्षित गरी सरकारले देशका मुख्य सहरमा १ असोजदेखि सस्तो पसल सञ्चालनमा ल्याउने निर्णय गरे पनि नेपालगन्ज र कोहलपुरमा सस्तो पसल सञ्चालनमा नआएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले बताए। 

उनले सस्तो पसल सञ्चालनमा ल्याउन छलफल भइरहेको बताए। उनले सरकारले तोकेको समयमा सस्तो पसल सञ्चालनमा ल्याउन नसकिएको बताउँदै किनमेल गर्ने समय अझैँ भइनसकेको बताए। ‘एक–दुई दिनभित्र सञ्चालनमा आउँछ,’ उनले भने।

सस्तो पसलमा दैनिक उपभोग्यका सामग्री राखिने भएको छ। उनले बजार मूल्यभन्दा सस्तोमा सामान बिक्री गर्न व्यापारीहरूसँग छलफल भइरहेको बताए। ‘बजारभन्दा सस्तोमा सामान दिन व्यापारी र संस्थानसँग नियमित छलफलमा छौँ,’ केसीले भने। 

उनले खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दाल, खाने तेल र चामल बिक्रीका लागि राख्ने बताउँदै साल्ट ट्रेडिङले सस्तो दरमा नुन, चिनी बिक्री गर्ने व्यवस्था मिलाएको बताए।  

ad
ad