१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 04 July, 2025
Invalid date format १७:३८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सामुदायिक विद्यालयमा बाँके जिल्लाकै सर्वोत्कृष्ट बन्यो धम्बोझी मावि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:३८:oo

शैक्षिक गुणस्तर परीक्षणमा नेपालगन्ज उपमहानगरपालिका १ धम्बोझीस्थित धम्बोझी माध्यमिक विद्यालय बाँकेका सामुदायिक विद्यालयमा पहिलो भएको छ। शैक्षिक गुणस्तर परीक्षण केन्द्रले गरेको गुणस्तर मापनमा धम्बोझी माविले सबैभन्दा धेरै अंक ल्याएको हो। 

शैक्षिक सत्र २०७८ मा गरिएको मूल्यांकनमा धम्बोझी माविले ८६.०१ प्रतिशत अंक ल्याएको छ। शैक्षिक गुणस्तर परीक्षण केन्द्रका अनुसार, राप्तीसोनारी गाउँपालिका- २ मदुईस्थित लक्ष्मी माध्यमिक विद्यालय दोस्रो भएको छ। उक्त विद्यालयले ७९.४४ अंक ल्याएको छ। 

त्यसैगरी, ७६.३९ अंक ल्याएर खजुरा गाउँपालिका- ३ सन्तकुटीस्थित जनता मावि तेस्रो भएको छ भने खजुरा गाउँपालिका सिर्जना टोलमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयले चौथो स्थान हासिल गरेको छ। उसले ७४.५० अंक पाएर चौथो हुँदा राप्तीसोनारी गाउँपालिका- ९ ढकेरीस्थित गणेश माध्यमिक विद्यालयले ७४.०८ अंक ल्याएर पाँचौँ हुँदा डुडुवा गाउँपालिका ५ डलैपुरस्थित ज्ञानदिप माविले ७३.८९ अंकका साथ छैठौँ भएको छ। 

सातौँ स्थानमा आएको सिद्धेश्वर माध्यमिक विद्यालय सिधनवाले ७३.७६ अंक पाउँदा आठौँ स्थान ओगट्न सफल भएको प्रभात मावि जी गाउँले ७२.६६ अंक पाएको केन्द्रको प्रतिवेदनमा उल्लेख छ। नवौँ स्थानमा जय जनता मावि थपुवा भएको छ । उसले ७२.६६ अंक पाएको छ। 

केन्द्रका अनुसार, जनज्ञानज्योति मावि कौशिलानगर १०औँ र शिवशक्ति मावि पेरानी ११ औँ स्थानमा आउन सफल भएका छन्। जय जनता माविले ७१.३८ र शिव शक्ति माविले ७०.८५ अंक पाएको छ। 

शैक्षिक सत्र ०७८ मा कोहलपुरस्थित त्रिभुवन माध्यमिक विद्यालयको शैक्षिक गुणस्तर खस्किएको केन्द्रको प्रतिवेदनले देखाएको छ। ‘कुनै दिन त्रिभुवन माध्यमिक विद्यालयले कोहलपुरमा एक छत्र राज गरेको थियो, तर शैक्षिक सत्र २०७८ को नजितामा टप १० भित्र पनि नाम देखिएन। आदरणीय बलराम यादव सरको याद आयो,’ प्याब्सनका नेता यमबहादुर रावतले भने।