१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७९ असोज ५ बुधबार ११:०४:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

जिम गर्नेले आठ घन्टा सुत्नुुस्

Read Time : < 1 मिनेट
२०७९ असोज ५ बुधबार ११:०४:००

जिम गर्नेले आफ्नो जीवनशैलीलाई पनि ध्यान दिन आवश्यक पर्छ । तपाईंले कम्तीमा आठ घन्टा सुत्नैपर्छ । ज्यानलाई आराम चाहिन्छ, ज्यानलाई आराम भएन भने शरीरको विकास हुन पाउँदैन ।

सुगरका रोगी पनि जिम सेन्टर गयो भने ‘मेन्टेन’ हुन्छ । प्रेसर हाई भएका व्यक्ति पनि जिम सेन्टर जाँदा राम्रो हुन्छ । जिम सेन्टर गएपछि तौल उचाल्नैपर्छ भन्ने हुँदैन । एक्सरसाइजका किसिम हुन्छन्, त्यहीअनुसार गर्दा राम्रो हुन्छ । मैले सुगर–प्रेसर भएका मानिस पनि जिम सेन्टर आएपछि समस्या कम भयो भनेको सुनेको छु । 

शारीरिक व्यायामले मानसिक तथा आत्मविश्वास विकास गरेको हुन्छ । व्यायाम शारीरिक सुगठनका लागि मात्र गरिँदैन भन्ने बुझ्न आवश्यक छ । शरीर र मनलाई स्फुर्त राख्न जिम सेन्टर जाने हो । हरेक दिन शारीरिक व्यायामका लागि थोरै समय दिँदा मात्र पनि शरीर, मन र दिमाग स्वस्थ बनाउन धेरै सहयोग पुग्छ ।