मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ असोज ४ मंगलबार २३:५४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भ्रमण खर्च नपाएपछि नगर कार्यालयमा विद्यार्थीले मच्चाए ताण्डव

Read Time : < 1 मिनेट
२०७९ असोज ४ मंगलबार २३:५४:००

बाराको सिम्रनगढ नगरपालिका कार्यालयमा विद्यार्थीले तोडफोड गर्दा करौडौंको क्षति पुगेको छ । शैक्षिक भ्रमण खर्च उपलब्ध नगराएको भन्दै विभिन्न तीनवटा विद्यालयका कक्षा ९ र १० मा अध्ययनरत करिव ५०, ६० विद्यार्थीको समूहले कार्यालयमा भौतिक आक्रमण गरेको हो ।

विद्यार्थीको आक्रमणबाट कार्यालयका सबैजसो कम्प्यूटर, फर्निचर, विद्युतीय उपकरण झ्याल–ढोकालगायतका ठूलो क्षति पुगेको छ । 

शैक्षिक भ्रमण खर्च माग्न विद्यार्थीको समूह नगरप्रमुख किशोरी साह कलवारलाई भेट्न गएको थियो । विद्यार्थीसँगको भेटमा नगरप्रमुखले कोभिडपछि अहिले डेंगु बढिरहेको भन्दै दसैँपश्चात विद्यालयमार्फत भ्रमण खर्च उपलब्ध गराउने बताएका थिए । 

नगरप्रमुख साहले नयाँ पत्रिकासँग भने ‘हाल डेंगुुको महामारी चलिरहेको छ, दसैँपश्चात विद्यालयमार्फत शैक्षिक भ्रमण खर्च उपलब्ध गराउँछु, तपाईंहरू जानुहोस् भनेको थिएँ, त्यसपश्चात विद्यार्थीहरू एक्कासी तोडफोडमा उत्रिए । हामीले केही गर्न सकेनौँ ।’ 

 

विद्यार्थीहरूले नगरप्रमुखको कुरा सुन्ने वित्तिकै तोडफोडमा उत्रिएको प्रत्यक्षदर्शीले जानकारी दिए । नगर कार्यालय तोडफोड भएको सूचना पाएलगत्तै पुगेको प्रहरी र सशस्त्र प्रहरीले बल प्रयोग गरी विद्यार्थीहरूलाई तितरवितर पारेको थियो । 

स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले लाठीचार्जसमेत गरेको स्थानीय प्रशासनले जनाएको छ । लाठीचार्जबाट केही विद्यार्थी घाइते  भएका छन् । घटना भएको थाहा पाएपछि प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवाल, जिल्ला प्रहरी प्रमुखलगायत घटनास्थल पुगेका थिए ।