१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज ४ मंगलबार
  • Saturday, 26 April, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ असोज ४ मंगलबार १५:४२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नागरिकता विधेयक प्रमाणीकरण रोक्न दायर रिटमाथि सुनुवाइ स्थगित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असोज ४ मंगलबार १५:४२:oo

नागरिकता विधेयक प्रमाणीकरण रोक्न परेको रिटमाथिको सुनुवाइ स्थगित भएको छ। 

वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले सर्वोच्च अदालतमा दायर गरेको  रिटमाथिको सुनुवाइ स्थगित भएको हो। 

नागरिकता विधेयकले मुलुकको हित नगर्ने भएकाले विधेयक प्रमाणीकरण नगर्न आदेशको माग राख्दै भण्डारीले गत बिहीबार रिट दायर गरेका थिए। 

सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्माको एकल इजलासमा परेको रिट  ‘हेर्न नमिल्ने’ भन्दै सुनुवाइ स्थगित भएको हो।

निवेदनमाथि सुनुवाइका लागि बुधबारको पेसी ताेकिएको छ। निवेदनमा राष्ट्रपति कार्यालयसहित प्रतिनिधिसभा, राष्ट्रिय सभा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र गृहमन्त्रीलाई विपक्षी बनाइएको छ।