१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 July, 2025
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:४१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जनताको सेवामा समर्पित हुने उद्देश्यले राजनीतिमा होमिएका हौँ : अध्यक्ष नेपाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:४१:oo

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेपालमा गरिबी निवारण गर्ने आफ्नो पार्टीको चाहना भएको बताएका छन्। सोमबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित नेपाल मगर संघ (समाजवादी)को तेस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन्।

‘हाम्रो ध्यानमा जनता, समाज र देश मात्र छ। देशहितको रक्षा, जनताको सेवामा समर्पित हुने र समाजको परिवर्तन गर्ने उद्देश्य लिएर राजनीतिमा होमिएका हौँ,’ उनले भने।

आफ्नो पार्टीको ध्यान देशको शिक्षा, स्वास्थ्य र सीप विकासमा केन्द्रित रहेको अध्यक्ष नेपालले उल्लेख गरे। आफूहरूको लक्ष्य जनताको मुहार उज्यालो बनाउने भएको भन्दै उनले त्याग, सर्मपण र समाज रूपान्तरणको भावनाले राजनीतिमा लाग्न कार्यकर्ताहरूलाई आग्रह गरे।

‘यहाँका कार्यकर्ताहरू त्यागको भावनाले, समर्पणको भावनाले, देश, जनता र समाजलाई रूपान्तरण गर्ने सोचका साथ अघि बढ्न चाहन्छ। हामी गरिबी निवारण गर्न चाहन्छौँ। हामी समाजमा रहेका जति छन् विकृति, विसंगति सबैलाई अन्त्य गर्न चाहन्छौँ। गरिबी, अभाव र बेरोजगारीलाई समाप्त पार्न चाहन्छौँ। जनताको मुहारमा उज्यालो बनाउन चाहन्छौँ। त्यसको निम्ति हामी देशको साधन, स्रोतको अधिकतम सदुपयोग गर्न चाहन्छौँ,’ उनले भने।