मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ असोज ३ सोमबार
  • Thursday, 18 September, 2025
२o७९ असोज ३ सोमबार १७:२o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेसलाई आलेकाे प्रश्न- स्थानीय चुनावअघि बालेनको मत कति थियो?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असोज ३ सोमबार १७:२o:oo

पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का नेता प्रेमबहादुर आलेले आगामी प्रतिनिधिसभा निर्वाचनमा डोटीमा गठबन्धन नगर्ने भए कुनै जिल्लामा पनि गर्न नहुने बताएका छन्। 

सोमबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित नेपाल मगर संघ (समाजवादी) को तेस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेता आलेले कांग्रेसले डोटी जिल्लामा गठबन्धन चाहिँदैन भनेर भेला गर्दै हिँडेकोप्रति असन्तुष्टि व्यक्त गरे। 

उनले डोटी जिल्लामा गठबन्धन नगर्ने भए ७७ वटै जिल्लामा गठबन्धन गर्न नहुने मत राख्दै स्थानीय तह निर्वाचनमा आफूहरूले १० वटा वडामा मात्रै उम्मेदवार उठाएर ५५ वटा वडा छाडिएको बताए। 

उनले कांग्रेसले समाजवादीको मत कम भएको व्याख्या गरिरहेको आराेप लगाए। ‘मेरो जिल्लामा पनि कांग्रेसले अहिले ठाउँ–ठाउँमा भेला गर्ने, हामीलाई गठबन्धन चाहिँदैन भन्ने खालको कुराहरू गरिराखेको छ,' उनले भने, 'गठबन्धन चाहिएन भने डोटीमा मात्रै होइन, ७७ जिल्लामै गठबन्धन हुनुभएन। गठबन्धन गरेपछि भोटको कुरा गरेर हुन्छ? स्थानीय निर्वाचन हुनुभन्दा अघि मेयर बालेनको मत कति थियो?’

उनले आगामी निर्वाचमा पार्टीलाई ठूलो पार्टी बनाउने गरी अभियान सञ्चालन गर्न नेता तथा कार्यकर्ताहरुलाई निर्देशनसमेत दिए।