१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
तिवारी यादव वीरगन्ज
Invalid date format १६:१५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

आलम हत्याकाण्डका मुख्य योजनाकार कुशवाह रिहा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:१५:oo

बाराको परवानीपुर गाउँपालिका– ३ निवासी मुस्लिम इत्तेहाद संगठनका तत्कालीन अध्यक्ष महमुद आलम हत्याकाण्डका मुख्य योजनाकार रामचन्द्र कुशवाह प्यासी रिहा भएका छन्। संविधान दिवसको अवसरमा उनले आममाफी पाएका हुन्।

जन्मकैद भएका कुशवाह ४० प्रतिशत कैद भुक्तान गरी रिहा भएकाे वीरगन्ज कारागारका जेलर कृष्ण गैरेले जानकारी दिए। कुशवाहलाई उच्च अदालत जनकपुरको अस्थायी इजलासले जन्मकैदको फैसला सुनाएको थियो।

यसअघि बारा जिल्ला अदालतले ०७३ वैशाख १५ मा गरेको फैसलाविरुद्ध महमुद आलमकी श्रीमती नजमा खातुनले उच्च अदालत वीरगन्जमा रिट दायर गरेकी थिइन्। रिटमा मुख्य न्यायाधीश डिल्लीराज आचार्य र चन्द्रबहादुर सारूको इजलासले बारा जिल्ला अदालतको फैसलालाई पुनरावलोकन गर्दै कुशवाहको हकमा गरेको १० वर्षको सजायमा थप गरेर आजीवन कारावासको फैसला सुनाएको थियो।

बारा अदालतले मुख्य योजनाकार प्यासीलाई १० वर्ष र मोटरसाइकलचालक रवि पाण्डे भनिने राजेश मिश्रालाई जन्मकैदको फैसला गरेपछि उनका आफन्तले उच्च अदालतमा रिट दायर गरेका थिए।

मुख्य योजनाकार बाराको प्रसौनी गाउँपालिकाका प्यासीलाई साबिक मुलुकी ऐनको ज्यानसम्बन्धी महल ३(४) बमोजिम जन्मकैदको सजाय सुनाइएको थियो। सहयोगी तीन भारतीय नागरिकमध्ये राजेश पाण्डेलाई १५ वर्ष तथा अतिक खान भनिने अशोक श्रीवास्तव र बर्मा भनिने राजु श्रीवास्तवलाई १०–१० वर्षको सजाय सुनाइएको थियो।

हत्याका सुटर बिक्की यादव भने हालसम्म फरार छन्। भारतमा लुकेर बसेका उनलाई नेपाल प्रहरी र सिआइबीले मोस्ट वान्टेडको सूचीमा राखे पनि पक्राउ गर्न सकेको छैन। आलम तल्कालीन एमालेका नेता थिए भने ०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा बारा क्षेत्र नम्बर ४ बाट उम्मेदवार थिए। आलमको ०७० असोज १८ गते हत्या भएको थियो।