मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ असोज ३ सोमबार
  • Saturday, 12 July, 2025
२o७९ असोज ३ सोमबार १४:४४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भक्तपुरमा मतदाताकाे संख्या एक लाख ९४ हजार  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असोज ३ सोमबार १४:४४:oo

आगामी मंसिर ४ गते हुने संघीय एवं प्रदेश सभा निर्वाचनमा भक्तपुरमा मतदाताको संख्या एक लाख ९४ हजार चार सय ३९ जना पुगेको छ।
    
जिल्ला निर्वाचन कार्यालय भक्तपुरका प्रमुख नदेन्द्रप्रसाद न्यौपानेले भक्तपुरमा पुरुष मतदाता ९४ हजार ६ सय ८३ र महिला मतदाता ९९ हजार सात सय ५१ तथा अन्य पाँच गरी कुल एक लाख ९४ हजार चार सय ३९ जना मतदाता पुगेको बताए। 

भक्तपुरमा पुरुषभन्दा पाँच हजार ६८ जना महिला मतदाताको संख्या बढी रहेको उनले जानकारी दिए। 
    
कार्यालयका सूचना अधिकारी भीमबहादुर बिसीले निर्वाचनका लागि ७६ मतदानस्थल र दुई सय २२ मतदान केन्द्र निर्धारण गरेको जानकारी दिए। 

जिल्ला निर्वाचन कार्यालय भक्तपुरका अनुसार गत असार १ गतेदेखि साउन १९ गतेसम्म गरेको मतदाता नामावली संकलन तथा अद्यावधिकका क्रममा १५ हजार नयाँ मतदाता थपिएका थिए।