१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
रासस पोखरा
Invalid date format १४:३२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रदेशले पहिचान स्थापित गराएको छ : मुख्यमन्त्री पोखरेल

Read Time : < 1 मिनेट
रासस, पोखरा
नयाँ पत्रिका
Invalid date format १४:३२:oo

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सीमित स्रोत र साधनबीच पनि प्रदेश सरकारले आफूलाई स्थापित गराउन सफल भएको बताएका छन्।

संविधान दिवस २०७९ का अवसरमा मुख्यमन्त्री पोखरेलले जारी गरेकाे शुभकामना सन्देशमा मुख्यमन्त्री पोखरेलले वित्तीय स्रोत पर्याप्त प्राप्त नहुँदा, अधिकार हस्तान्तरण र जनशक्ति व्यवस्थापनमा ढिलाइका कारण प्रदेश तहले चाहेजस्तो काम गर्न नसकेको अनुभूति भए पनि क्षमताअनुसार काम गरेर पहिचान स्थापित गराउन सफल भएको बताएका हुन्।

सन्देशमा संविधानमा कतिपय अधिकार प्रदेशमा हस्तान्तरणमा ढिलाइ भइरहेको जनाउँदै उनले प्रदेश संरचना नै संघीयताको खास पहिचान भएको उल्लेख गरेका छन्। मुख्यमन्त्री पोखरेलले शुमकामना सन्देशमा सहकार्य, समन्वय र सहअस्तित्वलाई संविधानले आत्मसात् गरेको उल्लेख गर्दै मुलुकमा राजनीतिक स्थायित्व कायम गरी दिगो विकासका लक्ष्य  प्राप्तिका लागि तीन तहबीच समन्वय जरुरी रहेको उनको भनाइ छ।

‘संविधानसभा संविधान जारी भएको आजको यो दिन नेपाल र नेपालीका लागि ऐतिहासिक हो। लगातार सात दशकको संघर्षबाट नेपाली नागरिकले आफ्नो संविधानलेखनमा प्रत्यक्ष सहभागिता जनाउने अवसर पाएको छ,’ सन्देशमा भनिएको छ।

संविधान कानुनी सिद्धान्तमा आधारित राजनीतिक सहमतिको दस्ताबेज भएको भन्दै उनले यसमा लिपिबद्ध नागरिक अधिकारलाई कार्यान्वयनसँगै उनीहरूका आवश्यकताको सम्बोधनका लागि प्रयासरत रहनुपर्नेमा जोड दिएका छन्।

नेपालको संविधानले मौलिक हकमार्फत प्रत्याभूत गरेका अधिकारको कार्यान्वयन गर्दै आधारभूत आवश्यकतामा सबै नागरिकको पहुँच पुर्‍याउन संविधान दिवस २०७९ प्रेरणा दिने उनको विश्वास छ।