१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:१४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

६ लाख घुस लिएका उपसचिवविरुद्ध मुद्दा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:१४:oo

प्याराग्लाइडिङको सञ्चालन अनुमति (लाइसेन्स) दिलाएबापत घुस लिँदा रंगेहात पक्राउ परेका पर्यटन मन्त्रालयका उपसचिव प्रमोद नेपालविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ।

घुस लिएर भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार उनीविरुद्ध मुद्दा दायर गरेको हो। नेपाललाई घुस दिने बिबी एयरवेज प्रालिका प्रमुख कार्यकारी अधिकृत हरिभक्त श्रेष्ठलाई पनि प्रतिवादी बनाएर आयोगले अदालतमा मुद्दा दर्ता गरेको छ।

नेपालविरुद्ध ६ लाख रुपैयाँ बिगो कायम गरिएको छ भने श्रेष्ठलाई मतियारका रूपमा मुद्दा दायर गरिएको छ। पर्यटन मन्त्रालयको नागरिक उड्डयन महाशाखाका उपसचिव नेपालले प्याराग्लाइडिङ सञ्चालनका लागि लाइसेन्स उपलब्ध गराइदिने भन्दै श्रेष्ठसँग ६ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा गत १७ साउनमा अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको थियो। पक्राउ परेको झन्डै डेढ महिनापछि छानबिन सकेर अख्तियारले मुद्दा दायर गरेको हो।

घुसबाहेक नेपालको गाडीबाट अख्तियार टोलीले स्रोत नखुलेको १६ लाख ५० हजार रुपैयाँ बरामद गरेको थियो। उक्त रकम बिबी एयरवेजको लाइसेन्ससम्बन्धी कार्य सम्पादन गरेबापत कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले नै सापटी दिएका थिए। उक्त रकम उपसचिव नेपालबाट जफत गर्नुपर्ने अख्तियारको मागदाबी छ।

इजाजत नवीकरणसम्बन्धी कार्यसम्पादन गरेका प्रमोद नेपाललाई १६ लाख ५० हजार सापटी दिई उनले गरेको भ्रष्टाचारमा मतियारको भूमिका निर्वाह गरेको’ अभियोगमा आयोगले श्रेष्ठविरुद्ध पनि मुद्दा दायर गरेको हो।