मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:४९:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेप्से ३४ अंकले गिरावट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:४९:oo

साताको पहिलो कारोबार दिन नेप्से परिसूचकमा उच्च अंकले गिरावट आएको छ। आइतबार नेप्से ३३.९७ अंक घटेर एक हजार आठ सय ७६.४१ बिन्दुमा झरेको छ।

आइतबार नेप्से परिसूचक १९ सय अंकको बिन्दुबाट पनि तल झरेको छ। त्यस्तै, सेन्सेटिभ इन्डेक्स ६.०४, फ्लोट इन्डेक्स २.३३ र सेन्सेटिभ फ्लोट इन्डेक्स २.३६ अंकले घटेको छ।

आज कारोबारमा आएका दुई सय २९ कम्पनीको ६२ लाख ९६ हजार कित्ता सेयर एक अर्ब ६० करोड १८ लाख २२ हजार रुपैयाँबराबरमा खरिद–बिक्री भएको छ। वाणिज्य बैंकहरूले ब्याजदर बढाउने निर्णय गरेसँगै नेप्से परिसूचकमा निरन्तर रूपमा उच्च अंकले गिरावट आइरहेको छ।

आज नेप्सेका सबै उपसमूहको परिसूचक पनि घटेको छ। जसमा व्यापार उपसमूह सर्वाधिक ३.२४ प्रतिशत र जलविद्युत् उपसमूह ३.०९ प्रतिशतले घटेको छ। नेप्से परिसूचक उच्च अंकले घटे पनि ग्लोबल आइएमई समुन्नत स्किमको इकाइमूल्य ५.३५ प्रतिशत र नेपाल ल्युब आयलको मूल्य ४ प्रतिशत बढेको छ। तर, यता बलेफी हाइड्रोपावर र दोर्दी खोला जलविद्युतको सेयरमूल्य भने ७ प्रतिशतभन्दा बढीले घटेको छ।