मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ असोज २ आइतबार
  • Thursday, 10 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ असोज २ आइतबार १३:o६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चोलेन्द्रले अदालतमाथि मजाक गर्दै छन् : बार अध्यक्ष घिमिरे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असोज २ आइतबार १३:o६:oo

नेपाल बार एसाेसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सर्वोच्च अदालत फर्किन्छु भनेर अदालतमाथि मजाक गरेको बताएका छन्। आइतबार सर्वोच्चपरिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले निलम्बित प्रधानन्यायाधीश जबरा सर्वोच्च आउन नमिल्ने प्रस्ट पारे।

संसद्को कार्यकाल सकिएको नभई सांसदहरूको मात्रै कार्यकाल सकिएको भन्दै उनले प्रधानन्यायाधीशको महाभियोगको सम्बन्धमा आगामी संसद्ले प्रस्ट पार्ने बताए। महाभियोग सिफारिस समितिले संसद्लाई प्रतिवेदनसमेत पेस गरिसकेको अवस्थामा जबराले सर्वोच्च फर्कन्छु भनेर अदालतमाथि नै मजाक गरेको टिप्पणी गरे।

‘मलाई के लाग्दछ भने अब फेरि उहाँ फर्केर आउने भन्ने कुरा रहँदैन। यो केवल अदालतमाथि मजाक भइराखेको छ। सांसदहरूको कार्यकाल सकिएको हो, संसद् सकिएको होइन। संसद् सकियो भन्ने तर्क गरिँदै छ, त्यो गलत हो। संसद् अविछिन्न उत्तराधिकारवाला संस्था हो। त्यसैले गर्दा संसद् सकिँदैन। सांसदहरूको कार्यकाल सकिएको छ,’ बार अध्यक्ष घिमिरेले भने।

बारले हालसम्म कुनै विरोधको कार्यक्रम तय नगरेको बताउँदै उनले जबरा सर्वोच्च आउन खोजेमा भने विरोधको कार्यक्रम हुने प्रस्ट पारेका छन्।