१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज १ शनिबार
  • Wednesday, 02 July, 2025
२o७९ असोज १ शनिबार १४:o१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हराएको १८ घण्टापछि २२ महिने शिशु झाडीभित्र सकुशल फेला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असोज १ शनिबार १४:o१:oo

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका– १३ नुनथलास्थित खाम्लामा २२ महिनाकी शिशु स्नेहा राई घरबाट हराएको १८ घण्टापछि झाडीभित्र सकुशल भेटिएकी छिन्। घरमा कोही नभएको समयमा शुक्रबार दिउँसो साढे २ बजेआसपास हराएकी शिशु शनिबार बिहान साढे ८ बजे घरदेखि करिब साढे दुई किलोमिटर तल झाडीभित्र सकुशल भेटिएकी हुन्। 

शिशुलाई घाँस काट्न गएकी स्थानीय मीनकला राईले झाडीभित्र फेला पारेकी निवर्तमान वडाध्यक्ष भीम राईले बताए। 'शिशुको अवस्था हेर्दा सकुशल देखिन्छ,' उनले भने, 'तर, रातभर पानी परेको र लामो समयसम्म एक्लै रहेकाले स्वास्थ्य परीक्षण गर्न स्वास्थ्य संस्था पठाउने तयारी भइरहेको छ।'

झाडीभित्र बच्चा रोएको आवाज सुनेपछि हेर्न जाँदा हराएकी शिशुलाई भेटेको मीनकलाले बताइन्। राम्रोसँग बोल्न र हिँड्नसमेत नसक्ने शिशु हराएको जानकारी प्राप्त भएपछि स्थानीय, जनप्रतिनिधि र प्रहरी रातभर खोजीकार्यमा लागेका थिए। बुबा उमेश छिमेकीका घरमा पितृकार्य गर्न र आमा प्रीति ठूली छोरीलाई विद्यालय लिएर गएको समयमा शिशु हराएको परिवारले जनाएको छ।

राम्रोसँग बोल्न र हिँडडुल गर्न नसक्ने शिशु घरबाटै हराएपछि घटनाका बारेमा परिवार र स्थानीय सशंकित भएका छन्। 'घटना हेर्दा हामीसमेत आश्चर्यमा परेका छौँ,' वडाध्यक्ष भगेश्वर राईले भने, 'यथार्थ के हो प्रहरीको प्रतिवेदन आएपछि मात्र थाहा हुन्छ।'