१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार १३:५८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

महाभियोग सिफारिस समितिको बैठक ३ बजेसम्मलाई स्थगित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १३:५८:oo

महाभियोग सिफारिस समितिको बैठक पुनः ३ बजेसम्मलाई स्थगित भएको छ। समितिमा पूर्वप्रधानन्यायाधीशहरू उपस्थित नहुने भएपछि बैठक दिउँसो ३ बजेसम्मलाई स्थगित गरिएको हो।

बयानका क्रममा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले विवादित विषयमा नाम मुछेपछि समितिले सर्वोच्च अदालतका केही न्यायाधीशलाई सोधपुछका लागि बोलाएको थियो। तर, फुलकोर्ट बैठकले न्यायाधीशहरू उपस्थित नहुने निर्णय गरेपछि आज बिहान ८ बजेका लागि बोलाइएको बैठक दिउँसो १ बजेलाई तय भएको थियो।

तर, पूर्वप्रधानन्यायाधीशहरू पनि बैठकमा उपस्थित नहुने भएपछि समितिको बैठक दिउँसो ३ बजेसम्मका लागि स्थगित गरिएको हो। अहिले समितिका सदस्यहरू आन्तरिक परामर्शमा  जुटेका छन्।

ad
ad