१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
Invalid date format १८:२o:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

इलामको सूर्योदय नगरपालिका : बालमैत्री स्थानीय शासन घोषणा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:२o:oo

इलामको सूर्योदय नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त नगर घोषणा गरिएको छ। यो प्रदेश १ को बालमैत्री स्थानीय शासन घोषणा गर्ने तेस्रो स्थानीय तह हो। बुधबार ५८औँ बाल दिवसको अवसर पारेर नगरपालिकाले बालमैत्री स्थानीय शासन घोषणा गरिएको हो।

५१ वटा सूचक पूरा गर्दै बालमैत्री स्थानीय शासन घोषणा गरिएको नगरपालिकाले जनाएको छ। बालमैत्री स्थानीय शासन घोषणा पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले गरे। घोषणा गर्दै उनले बालबालिका भविष्यका कर्णधार भएको बताए। उनले बालबालिका संरक्षणको भूमिका राज्यको भएको बताए। बालबालिकाको समुन्नति र समृद्धि नै देश विकासको आधार रहेको उनले बताए। उनले नेपालको संविधानले समाजवादतर्फ अघि बढ्ने उल्लेख गरेको बताए। यसका लागि बालबालिकालाई सानैदेखि समाजवादका बारेमा अध्ययन गराउनुपर्ने पनि बताए। '

०६२/६३ को आन्दोलन देशको ठूलो क्रान्ति। त्यसपछि बनेको संविधान समाजवादउन्मुख छ। त्यसका लागि समाजवादी संस्कार र संस्कृतिको विकास गर्न जरुरी छ,' उनले भने,' यो विषयमा गहन ढंगले अध्ययन गराउँदै बालबालिकालाई शिक्षित गर्नुपर्छ।'  बालबालिकालाई कुनै पनि प्रकारको यातना दिन नहुने बताए। यतनाले बालबालिकाको मानसिकतामा दीर्घकालीन असर पर्ने खनालको भनाइ थियो।

बालमैत्री स्थानीय शासन घोषणा गर्दै सूर्योदय नगरपालिकाका नगर प्रमुख रणबहादुर राईले दिगो विकासका लक्ष्य पूरा गर्न अघि बढेको बताए। उनले दिगो विकासका लागि बालमैत्री स्थानीय शासन महत्त्वपूर्ण भएको बताए। 'एक वर्षको समृद्धिका लागि खेती गर्नुहोस्। दश वर्षको समृद्धि चाहनुहुन्छ भने रूख रोप्नुस्। सय वर्षको समृद्धिका लागि बालबालिकाको संरक्षण गर्नुस्,' उनले भने,'बालमैत्री स्थानीय शासन घोषणा गर्न १८ महिनादेखि मिहिनेत गरेका छौँ। ५१ वटा राष्ट्रिय सूचकसँगै नगरपालिकाका ३ सूचक पूरा गरेर घोषणा गरेका हौँ।'

उनले सडक र भवन निर्माण मात्र विकास नभएको बताए। उनले सबैको सर्वाङ्गीण विकास मात्र विकास भएको बताए। उनले दिगो विकासका सबै लक्ष्य पूरा गरे मात्र विकासको बाटोमा अघि बढ्न सकिने बताए। 'भाइबहिनीहरूले बालमैत्री स्थानीय शासन छ कि छैन ? भवनहरू बालमैत्री बनेको छ कि छैन भन्ने विषयमा आवाज उठाउनुपर्छ,' उनले भने, ' बालबालिकालाई गर्ने व्यवहारमा परिवर्तन गर्नुपर्छ। यो कार्यक्रम गरेर मात्र सीमित राख्नुहुँदैन। सबैले बुझिदिनुपर्छ।'

कसैले बालबालिकाको अधिकार हनन् गर्यो भने नगरपालिका चुप नबस्ने बताए। उनले सबै प्रकारका विभेदविरुद्ध योजनाबद्ध ढंगले अघि बढ्ने बताए। उनले सूर्योदय नगरपालिकाको पहिचान हुने गरी स्थानीय पाठ्यक्रम निर्माण गरिएको बताए।