१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
फाइनलअघि ट्रफीसँग नेपाली र भारतीय टोलीका प्रशिक्षक र कप्तान । तस्बिर सौजन्य : एनएसजेएफ
रमेश सुवेदी काठमाडाैं
२o८१ बैशाख ३० आइतबार o८:४८:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

यू–१७ पुरुष साफ च्याम्पियनसिप, नेपालको लक्ष्य उपाधि

Read Time : > 1 मिनेट
रमेश सुवेदी काठमाडाैं
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख ३० आइतबार o८:४८:oo

पुरुष यू–१५ साफ च्याम्पियनसिप फाइनलमा तीनपटक भारतसँग पराजित हुँदै नेपाल उपाधिविहीन भएको इतिहास छ । फेरि, एकपटक उही भारतसँग नेपालले प्रतिस्पर्धा गर्दै छ । श्रीलंकाको कोलम्बोमा जारी यू–१७ पुरुष साफ च्याम्पियनसिपमा नेपाल र भारतीय टोलीबीच आज (बुधबार) उपाधि भिडन्त हुँदै छ ।

तेस्रोपटक फाइनलमा पराजित नेपाल यसपटक भने प्रतियोगिताको उत्कृष्ट लयलाई निरन्तरता दिँदै उपाधि भिœयाउने योजनामा छ । प्रशिक्षक उर्जन श्रेष्ठ र कप्तान प्रशान्त लक्षम लिम्बु आत्मविश्वासी देखिन्छन् । यद्यपि, प्रशिक्षक श्रेष्ठले भारत कठिन प्रतिद्वन्द्वी हुने बताए । नेपालले समूह चरणमा भारतलाई ३–१ ले पराजित गरेको थियो । 

भारतका प्रशिक्षक फर्नान्डेस भन्छन्– कठिन प्रतिद्वन्द्वी, तर जित्छौँ
भारतका प्रशिक्षक फर्नान्डेसले अघिल्लो खेलमा हारको बदला लिँदै उपाधि जित्नेमा विश्वास व्यक्त गरे । ‘नेपाल कठिन प्रतिद्वन्द्वी हो । फाइनल खेलमा जित निकाल्न चाहन्छौँ । बंगलादेशविरुद्धको जितले उच्च मनोबल भएको छ,’ फर्नान्डेसले भने । 

नेपालको मनोबल उच्च छ : लिम्बु
कप्तान प्रशान्त लिम्बुका अनुसार तीन खेलमा चार गोल गरेका युनेश बुढाथोकी र दुई गोल गरेका अर्का स्ट्राइकर सुवास बम प्रतियोगितामा उच्च लयमा छन् । यस्तै, सिमन्त थापा र कप्तान प्रशान्त लक्षम लिम्बुसमेत लयमा हुँदा नेपालको मनोबल उच्च छ । कप्तान प्रशान्त अघिल्ला फाइनल हारमा पूर्णविराम लगाउने बताउँछन् । ‘भारतसँगको खेल सहज पक्कै हुँदैन । समूह चरणको जित फरक हो । भारतविरुद्धको अघिल्ला फाइलन खेलको हारमा पूर्णविराम गर्न चाहन्छौँ,’ प्रशान्त भन्छन् । 

अघिल्ला हारहरूको बदला लिन्छौँ : श्रेष्ठ
‘भारतविरुद्धको खेल सधैँ कठिन हुन्छ । समूह चरणमा जित निकाले पनि यो फाइनल हो,’ प्रशिक्षक उर्जन श्रेष्ठ भन्छन् । प्रतियोगिताको पहिलो खेलमा नेपालले भुटानलाई २–१ अन्तरले पराजित गरेको थियो । यस्तै, दोस्रो खेलमा भारतलाई ३–१ अन्तरले हरायो । भारतको गोलरक्षक र डिफेन्डरको तालमेल अभावको फाइदा उठाउँदै नेपालले सहज जित निकालेको थियो । समूह ‘बी’ विजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको नेपालले श्रीलंकालाई ६–० ले पराजित गर्‍यो । प्रशिक्षक श्रेष्ठ भारतविरुद्ध अघिल्लो फाइलनमा बेहोरेको हारको बदला लिने बताउँछन् । 

यू–१७ साफ च्याम्पियनसिपको इतिहास
सन् २०११ बाट हरेक दुई वर्षमा आयोजना हुँदै आएको यू–१७ साफ च्याम्पियनसिपमा नेपाल तीनपटक फाइनल पुगेको छ । सन् २०१३, २०१७ र २०१९ मा नेपाल फाइनल पुगेको थियो । तर, तीनैपटक भारतसँग पराजित भयो ।

पहिलो संस्करण यू–१५ बाट सुरु हुँदै यो प्रतियोगिता यू–१६ र यू–१७ को रूपमा आयोजना भएको हो । कोरोना महामारीका कारण प्रतियोगिता दुई वर्ष धकेलिँदा यसपटक यू–१७ को रूपमा हुन लागेको हो । सन् २०११ मा भएको साफ यू–१६ को पहिलो संस्करणमा पाकिस्तानले जित्दा नेपाल सेमिफाइनलमा भारतसँग पेनाल्टी सुटआउटमा ४–२ ले पराजित भएको थियो । सन् २०१३ मा नेपाल फाइनलमा भारतसँग १–० ले निराश भयो ।

सन् २०१५ को सेमिफाइनलमा नेपाल भारतसँग १–० ले पुनः पराजित भयो भने सन् २०१७ मा यू–१५ को रूपमा भएको प्रतियोगितामा नेपाल फेरि भारतसँग २–१ ले पराजित भयो । सन् २०१८ मा नेपाल सेमिफाइनलमा पाकिस्तानसँग निराश भयो । सन् २०१९ को फाइनलमा नेपाल घरेलु टोली भारतसँग ७–० ले पराजित भएको थियो । 

ad
ad