१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ८ मंगलबार
  • Tuesday, 21 May, 2024
नयाँ पत्रिका काठमाडौँ
२o८१ जेठ ८ मंगलबार १८:२५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

महाअभियोग सिफारिस समिति बैठक बुधबार पनि बस्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८१ जेठ ८ मंगलबार १८:२५:oo

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पूरक प्रश्न सोध्ने विषयमा आवश्यक निर्णय लिन बुधबार (भोलि) पनि महाअभियोग सिफारिस समितिको बैठक बोलाइएको छ। समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकमा निलम्बित प्रधानन्यायाधीश जबरासँग बयान लिने क्रम सकिएपछि पूरक प्रश्न सोध्ने विषयमा आवश्यक निर्णय लिन भोलि बिहान नौ बजे समितिको बैठक पुनः बोलाइएको हो।

जबरासँगको प्रश्नोत्तरसहितको बयान लिने काम सकिएकाले पूरक प्रश्न सोध्ने विषयमा आवश्यक निर्णय लिन बैठक बोलाउने निर्णय गरिएको समितिका प्रवक्ता लक्ष्मीप्रसाद गौतमले जानकारी दिए।

उनले भने, ‘आज सम्माननीय प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बयानको प्रक्रिया निरन्तर जारी रह्यो।धेरै प्रश्नहरूको जवाफ यसअघि नै सम्पन्न भइसकेको यहाँहरूलाई जानकारी नै छ र थप पूरक प्रश्नका विषयमा चाहिँ अहिलेसम्म बयानका क्रममा उनले उल्लेख गरेका कुराहरूलाई रेकर्डमा उतार्छौँ।’  

ad
ad