मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ भदौ २८ मंगलबार
  • Wednesday, 17 September, 2025
चिनियाँ प्रतिनिधि मण्डलको सवारी साधन
संजित परियार काठमाडौं
२o७९ भदौ २८ मंगलबार १३:oo:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

चिनियाँ नेताको भेटघाटले सवारी आवागमन अस्तव्यस्त (तस्बिरहरू)

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडौं
नयाँ पत्रिका
२o७९ भदौ २८ मंगलबार १३:oo:oo

नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रिय जनकंग्रेसको स्थायी समिति अध्यक्ष ली झान्सुले आज मंगलबार विभिन्न नेताहरूसँग भेटघाट गरेका छन्। संसद् भवन बानेश्वरमा केन्द्रित भेटघाटका कारण बिहानैदेखि यस क्षेत्रमा सवारी आवागमन अस्तव्यस्त बनेको छ।

सुरक्षा कारण देखाउँदै प्रहरीले सवारीसाधन मात्र नभई पैदलयात्रुहरूलाई समेत केहीबेर अवरोध गरेको छ। विदेशी नेताहरूको भेटघाटका कारण नागरिकले भने सास्ती व्यहोरेका छन्।

संसद् भवनमा लीले आज बिहान राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना, एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गरे। भेटघाटका कारण रविभवन, सोल्टी होटेल, कालीमाटी, टेकु, भोटेबहाल, त्रिपुरेश्वर, थापाथली, कुपन्डोल,  माइतीघर, नयाँ बानेश्वरदेखि तिनकुने आसपासका क्षेत्रमा सवारी आवागमन प्रभावित भएको छ।

तस्बिरहरू :