१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ २७ सोमबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौँ
२o७९ भदौ २७ सोमबार १९:o१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

डा. गोविन्द केसीले सुरु गरे २०औँ अनशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o७९ भदौ २७ सोमबार १९:o१:oo

डा.गोविन्द केसीले धनगढीबाट २०औँ अनशन सुरु गरेका छन्। उनले स्वास्थ्य क्षेत्रको सुधारका लागि ७बुँदे माग राख्दै सोमबार बेलुका ५ बजेबाट अनशन सुरु गरेका हुन्। 

डा. केसीले यसअघि सरकारलाई १४ दिने अल्मिेटम दिँदै सत्याग्रहको मिति दुई साताका लागि सारेका थिए। सरकारी पक्षले माग पूरा नगरेको मात्रै नभई संवाद पनि सुरु नगरेको भन्दै पुनः अनशन सुरु गरेको बताइएको छ। 

स्वास्थ्य सेवामा सुधारका लागि तोकिएको दरबन्दीअनुसार क्षमताभन्दा बढी बेडमा चलिरहेका देशका सबै सरकारी अस्पतालहरूको दरबन्दी तत्काल हालको बेड संख्याअनुसार बढाइनुपर्ने, स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी छाता ऐन जारी हुनुपर्ने, सार्वजनिक पदमा बस्नेहरूको स्वार्थको द्वन्द्व रोक्न तत्काल कानुनी व्यवस्था गरिनुपर्ने, प्रतिष्ठान र विश्वविद्यालयका पदाधिकारी नियुक्तिको मापदण्डसहित ऐनको व्यवस्था गरिनुपर्ने, चिकित्सा शिक्षा ऐनबमोजिम विसं.२०८५ भित्र नेपालका मेडिकल शिक्षण संस्थाहरूलाई गैरनाफामूलक बनाउने व्यवस्था कार्यान्वयन गरिनुपर्ने र विद्युतीय गाडीहरूको विस्तृत प्रयोग र विस्तारका लागि प्राथमिकता साथ अविलम्ब कानुनी व्यवस्था गरिनुपर्ने ६बुँदे माग अघि सारेका थिए। 

डा. केसीले विज्ञप्ति जारी गर्दै राजनीतिक दलका नेता र माफियाहरू मिलेर नाफाको लागि शिक्षा र स्वास्थ्य दुवैको चरम व्यापारीकरण गरिएकोले चिकित्सा शिक्षा सुधारका लागि तत्काल माग सम्बोधन हुनुपर्ने बताएका छन्। उनले सातबुँदे माग अघि सारेका हुन्।