१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ २७ सोमबार
  • Friday, 09 May, 2025
प्रतिकात्मक तस्बिर
रासस बर्दिया
२o७९ भदौ २७ सोमबार १३:o२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बाघको आक्रमणबाट बर्दियामा एक वृद्धको मृत्यु

Read Time : < 1 मिनेट
रासस, बर्दिया
नयाँ पत्रिका
२o७९ भदौ २७ सोमबार १३:o२:oo

बर्दियाको मधुवन नगरपालिका– २ को कुश्मीनिया सामुदायिक वनमा भैँसी चराउन गएका एक वृद्धको बाघको आक्रमणबाट मृत्यु भएको छ।

आइतबार उक्त सामुदायिक वनमा भैँसी चराउन गएका मधुवन नगरपालिका– २ अमरपुरका ६१ वर्षीय झोठारू थारूको बाघको आक्रमणबाट मृत्यु भएको हो। स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीय पालिका र डिभिजन वन कार्यालय बर्दियाको संयुक्त टोलीले खोजतलास गर्दा सामुदायिक वनमा सोमबार बिहान शव फेला परेको इलाका प्रहरी कार्यालय ढोढरीले जानकारी दिएको छ।

आइतबारदेखि हराइरहेका वृद्धाको आज बिहान शव फेला परेको सशस्त्र प्रहरी बल बिओपी भग्रैयाका सशस्त्र प्रहरी निरीक्षक किरण केसीले जानकारी दिए।