१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format ११:३७:oo
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

राम्रो गगल्स कसरी छान्ने ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format ११:३७:oo

घामको प्रत्यक्ष किरण र धुलो–धुवाँ आदिबाट जोगिनसमेत सनग्लास उपयोगी हुन्छ । बजारमा पाइने रंगीन र सस्ता गगल्स आँखाका लागि हानिकारकसमेत हुन्छन् । तसर्थ, गगल्स छनोट गर्दा अल्ट्राभायलेट रे प्रोटेक्टर जाँच गरेर मात्र किन्नुपर्छ । अल्ट्राभायलेट रेले आँखाको पर्दा, लेन्स र रेटिना बिगार्न सक्छ । यसकारण गगल्स किन्नुअघि निम्न कुरामा ध्यान दिऔँ :

- बजारमा सामान्यतः चार सय रुपैयाँमाथिका विभिन्न किसिमका गगल्स पाइन्छन् । यद्यपि, अधिकांश युवायुवतीको रोजाइमा एउटै खालको देखिन्छ । तर, अनुहारको साइजअनुसार फरक– फरक डिजाइनमा गगल्स छान्न सकिन्छ । तपाईंको अनुहार गोलो र लाम्चो के छ, सोही आधारमा विभिन्न आकारका गगल्स छान्न सक्नुहुन्छ । 

- सामान्यतः गगल्स प्लास्टिक र मेटल (धातु)मा पाइन्छन् । गोलो आकारमा भएका मेटलका गगल्स बढी प्रचलनमा छन् । केटा र केटी दुवैले लगाउन सकिने चस्मा बढी चलेका छन् ।

- चर्को घाममा हिँड्दा कालो रङको सनग्लास राम्रो मानिन्छ । आफूलाई मन पर्ने जुनसुकै रङको चस्मा लगाउँदा खासै फरक पर्दैन । यद्यपि, बाहिरी किरण सजिलै भित्र छिर्ने धेरै पातला र चम्किला खालका चस्मा सकभर नलगाउँदा उचित हुन्छ ।