१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
एजेन्सी न्युयोर्क
२o८१ बैशाख २२ शनिबार १o:o३:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

इगाले जितिन् युएस ओपन

Read Time : > 1 मिनेट
एजेन्सी न्युयोर्क
नयाँ पत्रिका न्युयोर्क
२o८१ बैशाख २२ शनिबार १o:o३:oo

इगाले ट्युनिसियाकी ओन्स जावेरलाई ६–२ र ७–६ को सीधा सेटमा हराउँदै युएस ओपन ग्रान्डस्लाम जितिन्

विश्व नम्बर एक खेलाडी इगा स्विआटेकले वर्षको अन्तिम ग्रान्डस्लाम युएस ओपन जितेकी छिन् । महिलातर्फको शनिबार सम्पन्न फाइनलमा इगाले ट्युनिसियाकी ओन्स जावेरलाई ६–२ र ७–६ को सीधा सेटमा हराउँदै वर्षको दोस्रो ग्रान्डस्लाम जितेकी हुन् । यस वर्ष इगाले फ्रेन्च ओपन पनि जितेकी थिइन् ।

प्रतियोगिताको पाँचौँ वरीयता प्राप्त ओन्सले इगालाई दोस्रो सेटमा चुनौती प्रस्तुत गरेकी थिइन् । उपाधि जित्ने आशा यथावत् राख्दै ओन्सले दोस्रो सेटमा इगालाई टाइब्रेकरसम्म लगिन् । टाइब्रेकरमा इगा ७–५ ले विजयी भइन् । इगाको यो करिअरकै तेस्रो ग्रान्डस्लाम उपाधि हो । उनले दुईपटक फ्रेन्च ओपन हात पारेकी छिन् । 

उत्कृष्ट फर्ममा रहेकी ओन्स यस वर्ष आयोजना भएको विम्बल्डनको फाइनलमा पराजित भएकी थिइन् । जितसँगै इगाले आफ्नो महिलातर्फको एटिपी वरीयताको शीर्ष स्थान रक्षा गरेकी छिन् । फाइनलमा पराजित हुँदा ओन्स शीर्ष स्थानमा पुग्ने थिइन् ।

युएस ओपनको फाइनलअघिसम्म इगा र ओन्सले एकआपसमा चारपटक प्रतिस्पर्धा गरेका थिए । जसमा दुवैले समान दुई जित निकाले । पाँचौँ भेटमा इगाले ओन्सलाई सहज हराउँदै समग्रमा ३–२ को खेल स्थिति बनाएकी छिन् । यस वर्षको युएस ओपनको तयारीमा आयोजकले चार अर्ब ७८ करोड रुपैयाँ खर्च गरेको छ । 

बार्टीपछि इगाको युग
गत मार्चमा अस्ट्रेलियन खेलाडी आस्लेघ बार्टीले सन्न्यास लिएकी थिइन् । महिलातर्फको एक नम्बर स्थानमा रहँदै बार्टीले सन्न्यास लिएकी थिइन् । बार्टीले टेनिसबाट सन्न्यास घोषणा गरेपछि इगाले महिला टेनिसमा यस वर्ष एकछत्र राज गर्न सफल भएकी छिन् । यस वर्ष उनले ३७ खेलमा जित निकालेकी छिन् । यसक्रममा उनले ६ वटा एकल उपाधि हात पारेकी छिन् ।

सन् २०१४ को सिजनमा सेरेना विलियम्सले सात एकल उपाधि जितेकी थिइन् । इगाले युएस ओपनमा उपाधि जित्ने लक्ष्यका साथ प्रतिस्पर्धा गरेको बताएकी छिन् । ‘मलाई प्रतियोगितामा त्यति चुनौती आउछ जस्तो लागेको थिएन,’ इगाले भनिन्, ‘प्रत्येक चरणमा मैले उत्कृष्ट प्रदर्शन गरेकी थिएँ ।’ यस सिजनमा इगाले नौवटा फाइनल जित्दा एक सेट पनि गुमाइनन् । रातो माटोमा खेलिने फ्रेन्च ओपनसमेत उनले एक सेट पनि विपक्षी खेलाडीलाई दिइनन् । 

 
 

ad
ad