१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १९:५o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

संगीत, नृत्यपछि अब कविहरूको रियालिटी सो 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १९:५o:oo

गीत–संगीत र नृत्यपछि अब नेपालमा पहिलोपटक कविहरूको टेलिभिजन रियालिटी सो हुने भएको छ। आइतबार राजधानीमा एक कार्यक्रमका बीच नेपाली भाषाका कविहरूको प्रतिभालाई संसारसामु प्रस्तुत गर्ने उद्देश्यका साथ ‘द पोएट आइडल’को घोषणा भएको हो।

सञ्चारकर्मी अमनप्रताप अधिकारीले ‘गामबेँसीका कवि’का रूपमा परिचित आफ्ना बुबा क्षेत्रप्रताप अधिकारीको स्मृतिमा यो रियालिटी सो घोषणा गरेका हुन्। ‘साहित्यका विभिन्न विधामा बुबाको सक्रियता थियो। त्यसमध्ये सम्झनास्वरूप कवितालाई छानेको हुँ। यसले नेपाली साहित्यमा केही न केही योगदान पुर्‍याउँछ भन्ने अपेक्षा छ,’ सोको निर्देशकसमेत रहेका अधिकारीले भने। 

अधिकारीका अनुसार यो कार्यक्रम रियालिटी टिभी कार्यक्रमको विश्वव्यापी प्रारुपअनुरूपकै हुनेछ। ‘यसमा सहभागीबीच प्रतिस्पर्धा हुनेछ र प्रस्तुति जाँच्नलाई निर्णायक हुनेछन्,’ निर्देशक अधिकारीले भने, ‘दर्शकले आफूलाई मन परेका प्रतिस्पर्धी कवि, कवियित्रीलाई भोट हाल्न पाउनेछन्। यसैको आधारमा हरेक हप्ता एक–एक प्रतिस्पर्धी बाहिरनेछन् र अन्तिममा एकजना प्रतिभा ‘द पोएट आइडल’ बन्नेछन् पुस्तकमा या कविता प्रतियोगिता, कवि सम्मेलनजस्ता कार्यक्रममा त हामीले कविता पढ्दै र सुन्दै आइरहेकै हौँ। यो सोमा भने कवितालाई सुन्ने मात्रै होइन, हेर्ने पनि हो। पृष्ठभूमिमा संगीत र दृश्यसहित सिर्जनात्मक हिसाबले सोको डिजाइन गरिनेछ।’