१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ २६ आइतबार
  • Friday, 04 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ भदौ २६ आइतबार १७:३३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

संविधानले प्रतिनिधिसभा रिक्तताको परिकल्पना गरेको  छैन, अभियोगकर्ता नरहे पनि महाभियोग रहन्छ : सांसद विश्वकर्मा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ भदौ २६ आइतबार १७:३३:oo

प्रतिनिधिसभाको महाभियोग सिफारिस समिति सदस्य मीन विश्वकर्माले महाभियोग दर्ता भएपछि संसद्को अर्को कार्यकालसम्मै कायम रहने बताएका छन्। निलम्बनमा रहेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बयानपछि आइतबार पत्रकारहरूसँग कुरा गर्दै विश्वकर्माले यस्तो बताएका हुन्।

नेपालको संविधानले प्रतिनिधिसभाको रिक्तताको परिकल्पना नगरेको भन्दै उनले निर्वाचनपछि संसद् अन्त्य हुने नभई संसदमा नयाँ सदस्यहरू आउने बताए। ‘महाभियोग व्यक्तिले लगाएको होइन। प्रतिनिधिसभाका सदस्यले लगाएका हुन्। प्रतिनिधिसभाका एक चौथाइ सदस्यले लगाउन पाउने व्यवस्थाअनुसार लगाएको हुनाले प्रतिनिधिसभाका सदस्यहरूले नै यो टुंग्याउनुपर्छ। त्यो भनेको हाम्रो संविधानले प्रतिनिधिसभाको रिक्तताको परिकल्पना गरेको छैन,’ विश्वकर्माले भने।

अभियोजनकर्ता बदलिए पनि अभियोग संसदमा निरन्तर रहने भन्दै उनले महाभियोग विचाराधीन रहेसम्म जबराले सर्वोच्च फर्किने गेटपास नपाउने प्रस्ट पारे। उनले भने, ‘उहाँ विचाराधीन नै हुनुहुन्छ। विचार गर्ने मान्छे बदलिएला मुद्दा विचाराधीन नै रहन्छ। इजलासमा न्यायाधीश बदलिँदैमा कुनै पनि मुद्दा टुंगिन्छ र?’