मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ भदौ २६ आइतबार
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ भदौ २६ आइतबार १६:o७:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेप्से परिसूचक ११ अंकले गिरावट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ भदौ २६ आइतबार १६:o७:oo

साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। नेप्से ११.४६ अंकले घटेर एक हजार नाै सय २६.२८ बिन्दुमा झरेको छ। सेन्सेटिभ इन्डेक्स २.०६, फ्लोट इन्डेक्स ०.९० र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.९७ अंकले घटेको छ।

आज कारोबारमा आएका दुई सय २१ कम्पनीको २५ लाख २४ हजार कित्ता सेयर ७४ करोड ७२ लाख २६ हजार रुपैयाँबराबरमा खरिद–बिक्री भएको छ। आइतबार नेप्सेसँगै कारोबार रकम पनि घटेको छ।

नेप्सेका १३ उपसमूहमध्ये आज एक उपसमूह मात्र सामान्य अंकले बढेको छ। आज अन्य उपसमूहको परिसूचक ०.२९ प्रतिशत बढेको हो। आज जलविद्युत् उपसमूहको परिसूचक सर्वाधिक १.५४ प्रतिशतले घटेको छ। मैलुङ खोला जलविद्युत् कम्पनीको सेयरमूल्य सर्वाधिक ४.५६ प्रतिशत बढेको छ भने छ्याङ्दी हाइड्रोपावरको सेयरमूल्य ५.३३ प्रतिशतले घटेको छ।