विजय र राजु सानैदेखिका साथी थिए । एउटै गाउँका हुनाले उनीहरू साथसाथै हुर्किए । उनीहरू सँगसँगै स्कुल जान्थे । राजु विजयलाई निकै माया पनि गर्थे । विजयको एउटा एउटा गोडामा पोलियो भएको थियो । उनी गोडा खोच्याएर हिँड्थे ।
दुवै साथी एक दिन बिदामा जंगलको बाटो हुँदै कतै जाँदै थिए । जाँदाजाँदै उनीहरूले टाढाबाट एउटा अजंगको भालु आफूहरूतिरै आइरहेको देखि । आफूहरूतिर आइरहेको भालु देख्दा स्वाभाविक रूपमा उनीहरू दुवै डराए । भालु झनझन नजिक आइसकेपछि रूख चढ्न सिपालु राजु, हत्तपत्त नजिकैकै रुखमा चढे । उनले आफ्ना साथीबारे रत्तिभर चिन्ता लिएनन् ।
विनोद आफ्नो कमजोर खुट्टाकै कारण रुख चढ्न सक्दैनथे । उनलाई आफ्नो मृत्यु नजिक नजिक आइरहेको भान भयो । विजयले एकछिन ठन्डा दिमागले सोचे । उनले कतै सुनेका थिए, कुनै पनि जनावरले लासलाई आक्रमण गर्दैन । त्यसैले, उनी भुइँमा लम्पसार परेर सुते र शान्त भई सास रोके । भालुले उनको नाकनजिकै आएर सुँघ्यो । सास रोकेका उनलाई मरेको ठान्यो र कुनै हानि नपु¥याई आफ्नो बाटो लाग्यो ।
भालु त्यहाँबाट टाढा पुगिसकेपछि राजु हतार हतार रुखबाट ओर्लिए र विजय भएको ठाउँमा पुगे । डरले निलोकालो भएको अनुहार लिएर उनले विजयलाई प्रश्न गरे— भालुले तिमीलाई केही त गरेन नि ? अनि, तिम्रो काननिर आएर भालुले केही भन्दै थियो जस्तो लागेको थियो । भालुले तिम्रो कानमा भन्यौ चैँ के मित्र ? राजुको प्रश्न सुनिसकेपछि विजय एकछिनै मौन रहे । केहीबेरको मौनतापछि गम्भीर हुँदै उनले भने— खासै त्यस्तो त केही भनेन । तर, तिमीलाई रुखतिर देखाउँदै भन्यो— यस्ता निर्दयी स्वार्थी साथीबाट अलि टाढै बस्नू ।