१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
दीपक भट्ट रामेछाप
Invalid date format १५:o३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जिसस उम्मेदवार बनेका अधिकांश एमाले नेताले बुुझाएनन् खर्च विवरण

Read Time : < 1 मिनेट
दीपक भट्ट, रामेछाप
नयाँ पत्रिका
Invalid date format १५:o३:oo

जिल्ला समन्वय समिति रामेछापमा उम्मेदवार भई पराजित भएका नेकपा एमालेका नेताहरूले निर्वाचन आयोगले तोकेको समय बितिसक्दासमेत निर्वाचन खर्च बुुझाएका छैनन्। उम्मेदवार बनेका १८ मध्ये ५ जनाले मात्रै प्रदेश निर्वाचन कार्यालयमा खर्चको विवरण बुझाएकाे जिल्ला निर्वाचन कार्यालय रामेछापका निर्वाचन अधिकृत मधुकरकुमार शाहले जानकारी दिए।

निर्वाचन खर्च नबुुझाउनेमा अधिकांश नेकपा एमालेका उम्मेदवार छन्। जसमा समन्वय प्रमुख र उपप्रमुखका उम्मेदवारी दिएका तुलप्रसाद कँडेल र सुनिता सुनुवारसमेत रहेका छन्। त्यसैगरी, सदस्यमा उम्मेदवारी दिएका एमालेका कृष्णबहादुर सार्की, भोजराज कडरिया, बालाकाजी श्रेष्ठ, सुुमित्रा राई (सुुनुवार), शिरकुमारी श्रेष्ठ, उर्मिला मुुङराती र लाछिरी शेर्पाले हालसम्म खर्च विवरण बुझाएका छैनन्।

यसबाहेक गठबन्धनका तर्फबाट जिसस सदस्यको उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका विक्रम थापामगर, हिराकुमारी गिरी, डम्बरकुमारी रसाइली र बिन्दा सार्कीले पनि निर्वाचन खर्च विवरण नबुझाएका आयोगले जनाएको छ।

निर्वाचन प्रक्रियामा भाग लिई उम्मेदवार बनेका उम्मेदवारले उम्मेदवार भएको सात दिनभित्र खर्चको विवरण सार्वजनिक गर्नुुपर्ने र सबै खर्चको विवरणहरू निर्वाचन आयोगसहित जिल्ला र प्रदेश कार्यालयमा बुुझाउनुुपर्ने प्रावधान रहेको छ। त्यस्तै उम्मेदवारहरुले निर्वाचन आयोग ऐन २०७३ को दफा २५ बमोजिम निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र खर्चको विवरण सार्वजनिक गर्नुपर्ने कानुुनी व्यवस्था भए पनि रामेछापमा भने कार्यान्वयन भएको छैन।

आयोगका अनुसार समयमा नै निर्वाचन खर्च बुुझाउनेहरूमा नेपाली कांग्रेसको तर्फबाट समन्वय प्रमुखका उम्मेदवार बनेकी चिना कार्की र उपप्रमुख पदमा उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका प्रेमबहादुर थापा रहेका छन्। कांग्रेसकै तर्फबाट जिसस सदस्यमा उम्मेदवारी दिएका वीरबहादुर कार्की, बाबुुलाल योञ्जन र अनिषा माझीले पनि निर्वाचन खर्च बुझाइसकेका आयोगले जनाएको छ।