मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ भदौ २५ शनिबार ०८:१०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लागु औषधसहित एक फरार प्रतिवादी पक्राउ

Read Time : < 1 मिनेट
२०७९ भदौ २५ शनिबार ०८:१०:००

जिल्ला प्रहरी कार्यालय लमजुङले लागु औषधसहित एक फरार प्रतिवादी पक्राउ गरेको छ । प्रहरीले दोर्दी गाउँपालिका ५ पाचोक घर भई हाल सुन्दरबजार ९ धारापानीमा वस्दै आएका वर्ष २९ का रोल्के भन्ने डिलराज गुरुङलाई पक्राउ गरेको हो । 

चोरी मुद्धामा दुई वर्ष अगाडि फरार रहेका गुरुङलाई प्रहरीले सुन्दरवजार नगरपालिका ९ भोटेओडारस्थित नयाँबजारबाट बिहीबार पक्राउ गरेको हो । लागुऔषध गाँजा लिई हिडेको भन्ने विशेष सुराकको आधारमा इलाका प्रहरी कार्यालय भोटेवडारबाट खटिएको प्रहरी टोलीले गुरुङलाई पक्राउ गरेको लमजुङका प्रहरी प्रमुख डिएसपी प्रकाश श्रीमलले बताए । उनका अनुसार गुरुङको साथबाट प्रहरीले १० वटा पोका पारी राखेको ५ सय १५ ग्राम गाँजा बरामद गरेको छ । 

प्रतिवादी गुरुङ चोरी मुद्धामा दुई वर्ष अघिदेखि फरार रहेका थिए । चोरी मुद्धामा अदालतको फैसला अनुसार गुरुङले दुई महिना कैद र दुई हजार रुपैयाँ जरिवाना भूक्तान वाँकी रहेको डिएसपी श्रीमलले बताए । प्रहरी नियन्त्रणमा रहेका गुरुङलाई शुक्रबार लमजुङ जिल्ला अदालतबाट सात दिन म्याद थप गरी लागु औषध (गाँजा) मुद्धामा अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।