१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७९ भदौ २४ शुक्रबार १४:४५:००
Read Time : > 2 मिनेट
अर्थ डिजिटल संस्करण

सिंगापुरमा ह्वावेको ‘टेक टु बिल्ड योर करिअर’ सेमिनार सुरु

Read Time : > 2 मिनेट
२०७९ भदौ २४ शुक्रबार १४:४५:००

विश्वव्यापी अग्रणी आइसिटी प्रदायक ह्वावेले सिंगापुरमा सिड्स फर द फ्युचर कार्यक्रमको ११औँ संस्करणको आयोजना गरेको छ । कार्यक्रमको संयोजनमा पहिलोपटक ह्वावेले सिंगापुर युनिभर्सिटी अफ टेक्नोलोजी एन्ड डिजाइन (एसयुटिडी)मा टेक टु बिल्ड योर करियर सेमिनार पनि डेब्यु गरेको छ जसको उद्देश्य सहभागीहरूलाई प्राविधिक करिअरको भविष्यबारे जान्न र उद्यमशीलतालाई बढावा दिन मद्दत गर्नु हो ।

सिंगापुरमा २९ अगस्टदेखि २ सेप्टेम्बरसम्म सञ्चालन हुने सेमिनार सिड्स फर द फ्युचर एक्सेलेरेटर क्याम्पका लागि मुख्य कम्पोनेन्ट हो । सिड्स फर द फ्युचर सन् २००८ देखि ह्वावेद्वारा सञ्चालित ग्लोबल फ्ल्यागसिप सिएसआर परियोजना हो । प्राविधिक इनोभेसन र क्रस-कल्चरल एक्सचेन्जको माध्यमबाट अर्को पुस्ताको लिडरहरूलाई प्रेरित गर्ने उद्देश्यका साथ पछिल्लो १४ वर्षमा एक सय ३७ देश र क्षेत्रहरूबाट १२ हजारभन्दा बढी विद्यार्थीलाई कार्यक्रममा भाग लिन आकर्षित गरेको छ । २०२२ मा ह्वावेले सिंगापुरमा सिड्स फर द फ्युचर कार्यक्रमअन्तर्गत कुल दुई सय तीन सहभागीलाई तालिम दिइसकेको छ ।

ह्वावे एसिया प्यासिफिक सिड्स फर द फ्युचर २०२२ पहिलोपटक अगस्ट १९ मा बैंककमा सुरु भएको थियो । नाैदिने डिजिटल बुट क्याम्पमा एसिया प्यासिफिक क्षेत्रका १६ देशका एक सय २० उत्कृष्ट विद्यार्थीले थाइल्यान्डमा क्रस कल्चरल डिजिटल यात्राको आनन्द लिए । एक सय २० मध्ये सातजना नेपालीसहित ३३ जना एक्सेलेरेसन क्याम्पका लागि छनोट गरिएको थियो । सिंगापुरमा रहँदा उनीहरूले विभिन्न प्राविधिक क्षेत्रका उद्यमी लिडरहरूद्वारा मार्गदर्शन पाउनेछन् जसले उनीहरूलाई आफ्ना विचारको व्यावहारिकता र रियलाएजेसनबारे ध्यान दिन प्रेरित गर्नेछ ।

‘ह्वावेको सिड्स फर द फ्युचर कार्यक्रमअन्तर्गत टेक टु बिल्ड योर करिअर सेमिनारले अन्य आसियन देशहरूका नेक्स्ट-जेनका लिडरहरूलाई सिंगापुरमा शीर्ष प्रतिभाहरूसँग जोड्नेछ र इनोभेटिभ आइडियाहरू छलफल गर्न, सेयर गर्न र प्रेरित गर्न इकोसिस्टममा उत्कृष्ट सोचहरूलाई एकै ठाउँ ल्याउनेछ,’ ह्वावे इन्टरनेसनलका प्रबन्ध–निर्देशक चार्ल्स छेङले भने, ‘हामीलाई विश्वास छ कि हाम्रो सामूहिक प्रयासले थप दिगो र प्रगतिशील सिंगापुरमा योगदान पुर्‍याउनेछ र राष्ट्रलाई दीर्घकालीन रूपमा विश्वस्तरीय प्रतिभा निर्माण गर्न मद्दत गर्नेछ।’

टेक टु बिल्ड योर करिअर सेमिनार प्रोफेसर लो होङ यी, पिलरका प्रमुख-डेजिग्नेट, एसोसिएट प्रोफेसर र डिजिटल म्यानुफ्याक्चरिङ एन्ड डिजाइन सेन्टर, एसयुटिडीका निर्देशकको उद्घाटन मन्तव्यबाट सुरु भयो । आफ्नो मन्तव्यमा उनले नयाँ युगले निम्त्याउने सम्भावित अवसर र जोखिमहरू पहिचान गराए, साथै विद्यार्थीले आगामी चुनौतका लागि कसरी तयारी गर्न सक्छन् र आइडिएसनबाट रियलाएजेसनमा कसरी ल्याउन सकिन्छ भनेर सम्बोधन गरे ।

प्यानल छलफलबाट समापन गरिएको सेसनले डिजिटल भविष्यमा उद्यमशीलतादेखि डिजिटल युगमा सामुदायिक सिर्जनासम्मका विषयहरू समेटेको थियो । यसले ज्याक याङ, मुख्य अपरेटिङ अफिसर र फाेमे-पेका सहसंस्थापक, एआरसी कम्युनिटीका सहसंस्थापक एलरोय छेओ र द आइडियाका सहसंस्थापक र सिइओ टेड-एक्स सिंगापुरका लागि लिड क्युरेटर र लाइसेन्स होल्डर भिभियन लिम, लगायत प्रतिष्ठित स्वदेशी उद्यमीहरूको समूहलाई एकै ठाउँ ल्याएको छ ।

प्यानलका सदस्यहरूले भविष्यका विकास र ब्लकचेन प्रविधिको प्रयोग वा प्राविधिक वृद्धि गरिएको समुदाय निर्माणको पर्वाह नगरी आफ्ना लागि सही करिअर मार्ग पत्ता लगाउन र कसरी प्रविधिले उनीहरूको सेल्फ डिस्कभरी यात्रामा महत्त्वपूर्ण भूमिका खेलेको छ भन्नेबारे आफ्ना व्यक्तिगत अनुभवहरू व्यक्त गरे । उनीहरूले प्रविधि उद्योग कस्तो देखिनेछ भन्नेबारे भावी दृष्टिकोण पनि प्रदान गरे र उनीहरूले युवा प्रतिभाहरूलाई पछ्याउनका लागि कुन क्षेत्रहरू उपयुक्त हुनेछन् भनेर उद्योगको इनसाइट प्रदान गरे।

Tech4Good को प्रस्तुतीकरणसँगै सेमिनार समाप्त भयो जहाँ सहभागीलाई सोलुसन र विचारहरू प्रस्तुत गर्न आमन्त्रित गरिएको थियो। Tech4Good युवाहरूलाई डिजिटलाइजेसनको नवीन प्रवृतिहरूबारे जान्न र डिजिटल प्रविधिहरूले साझा सामाजिक समस्याहरूलाई कसरी सम्बोधन गर्न सक्छ भनी अन्वेषण गर्न मद्दत गर्न डिजाइन गरिएको प्रतिस्पर्धा हो । प्रस्तुतीकरण पूरा भएपछि सहभागीलाई उनीहरूको विचारहरूलाई कसरी बलियो बनाउनेबारे थप प्रतिक्रिया र सुझावहरू दिइयो।

ह्वावे एसिया प्यासिफिक सिड्स फर द फ्युचर Tech4Good प्रतियोगिताको विजेता टिम सेप्टेम्बरमा सिड्स फर द फ्युचर एसिलिरेटर क्याम्पको अवार्ड समारोहमा घोषणा गरिनेछ। शीर्ष १० फाइनलमध्ये एकको रूपमा विजेता टिम आगामी जनवरीमा ह्वावे सिड्स फर द फ्युचरले Tech4Good ग्लोबल प्रतियोगिताका लागि आफ्नो यात्रा जारी राख्नेछ।