मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर १६ शनिबार
  • Saturday, 02 December, 2023
नयाँ पत्रिका काठमाडौं
२०७९ भदौ २३ बिहीबार १९:२१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जमानीमा छाडिए अपूर्व

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ भदौ २३ बिहीबार १९:२१:००

कमेडियन अपूर्व क्षितिज सिंह हाजिरी जमानीमा रिहा भएका छन्। सरकारी वकिल कार्यालयको रायका आधारमा प्रहरीले उनलाई आज हाजिर जमानीमा रिहा गरेको हो। 

कोराना संक्रमणपछि हाजिर गराउने गरी रिहा गरिएको सरकारी वकिलको कार्यालय काठमाडौंका प्रमुख गंगा पौडेलले जानकारी दिए। जिल्ला प्रहरी परिसर टेकुको हिरासतमा राखिएका अपूर्व बिरामी भएपछि मंगलबारदेखि वीर अस्पतालमा भर्ना गरिएका थिए। प्रहरीले उनलाई अस्पताल पुर्याएको हो। 

नेवार समुदायलाई लक्षित गर्दै व्यंग्य सामग्री प्रसारण गरेको आरोपमा उनलाई प्रहरीले १२ भदौमा पक्राउ गरेको थियो। उनी १२औँ दिन रिहा भएका हुन्। प्रहरीले थप हिरासतमा राखेर अनुसन्धान गर्न मागेपछि हिजो जिल्ला अदालत काठमाडौंले थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो। 

विरामी भएर अस्पताल भर्ना भएपछि भने प्रहरीले सरकारी वकिल कार्यालय काठमाडौंलाई कोरोना संक्रमणका कारण पछि हाजिर गराउने गरी जमानीमा रिहा गर्न मिल्ने नमिल्ने राय मागेको थियो। 

जिल्ला प्रहरी परिसर टेकुको हिरासतमा राखिएका अपूर्व बिरामी भएपछि प्रहरीले गत मंगलबार उपचारका लागि वीर अस्पताल भर्ना गरेको थियो। बुधबार मात्रै अपूर्वलाई थप पाँच दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले प्रहरीलाई अनुमति दिएको थियो। अपूर्वलाई प्रहरीले १२ भदौमा पक्राउ गरेर थुनामा राखेको थियो। नेवा समुदायमाथि लक्षित गर्दै व्यंग्य सामग्री प्रसारण गरेको आरोपमा उनी पक्राउ परेका थिए।