१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
मनीष खड्का रुकुम पश्चिम
Invalid date format १६:o३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रुकुम पश्चिममा जनार्दन माओवादीका एकल उम्मेदवार

Read Time : < 1 मिनेट
मनीष खड्का, रुकुम पश्चिम
नयाँ पत्रिका
Invalid date format १६:o३:oo

माओवादी केन्द्र रुकुम पश्चिमले जनार्दन शर्मा ‘प्रभाकर’लाई सर्वसम्मत संघीय निर्वाचनका लागि सिफारिस गरेको छ। बिहीबारको पार्टी जिल्ला समन्वय समितिको बैठकले वर्तमान प्रतिनिधिसभा सदस्यसमेत रहेका शर्मालाई आगामी निर्वाचनमा पनि उम्मेदवार बनाउने निर्णय गरेको हो।

शर्मा माओवादीका तर्फबाट ०६४ सालको पहिलो संविधानसभा निर्वाचनदेखि लगातार निर्वाचित हुँदै आएका छन्। जिल्लामा एउटा मात्र निर्वाचन क्षेत्र रहेको छ। त्यस्तै, दुईवटा निर्वाचन क्षेत्र रहेको प्रदेश सभाका लागि पनि माओवादीले सर्वसम्मत एकल उम्मेदवार सिफारिस गरेको छ।

बिहीबारकै बैठकले प्रदेश सभा निर्वाचन क्षेत्र ‘क’मा महेन्द्र केसी ‘पारषमणि’ र निर्वाचन क्षेत्र ‘ख’मा राजकुमार शर्मा ‘आर्ट’लाई सिफारिस गरेको छ। शर्मा हाल पार्टीको पोलिटब्युरो सदस्य हुन् भने केसी केन्द्रीय सदस्य हुन्। शर्मा यसअघि जिल्ला समन्वय समिति रुकुम पश्चिमको प्रमुखसमेत भइसकेका छन्।

माओवादीले समानुपातिकतर्फका उम्मेदवार टुंग्याउन भने बाँकी रहेको छ। भोलिसम्ममा समानुपातिक उम्मेदवार टुंग्याएर सिफारिस गरिने पार्टीका जिल्ला संयोजक गोविन्द रोका सचिनले जानकारी दिए। समानुपातिकतर्फका उम्मेदवार पनि सर्वसम्मत रूपमा टुंग्याउने गरी तयारी भइरहेको उनले बताए। जिल्लाबाट नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा एकीकृत समाजवादीले यसअघि नै उम्मेदवार सिफारिस गरिसकेका छन्।