१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ९ बुधबार
  • Wednesday, 22 May, 2024
तिवारी यादव वीरगन्ज
२o८१ जेठ ९ बुधबार १o:५३:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

 मधेस विश्वविद्यालयको उद्घाटन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ९ बुधबार १o:५३:oo

वीरगन्जमा मधेस विश्वविद्यालयको बुधबार औपचारिक रूपमा उद्घाटन भएको छ । मधेस प्रदेश सरकारले गठन गरेको मधेस विश्वविद्यालयको जनता समाजवादी पार्टी नेपालका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा बोल्दै जनता समाजवादी पार्टीका अध्यक्ष यादवले मधेस विश्वविद्यालय स्थापना गरेर मधेसको सात दशकदेखिको सपना पूरा भएको बताए । 

उनले मधेसमा चाहिएको आवश्यक रहेको शिक्षाको स्तराेन्नति गरेर आर्थिक, सामाजिक, राजनीतिक रूपान्तरणका लागि महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे । 

यस्तै, विश्वविद्यालयको उपकुलपतिमा वीरगन्ज पब्लिक क्याम्पसका सञ्चालक प्राध्यापक डा. दीपक शाक्यलाई नियुक्त गरिएको छ । मधेस विश्वविद्यालय स्थापना गरेर मधेसमा उच्च शिक्षाको विकासका लागि कोसेढुंगा साबित हुने उपकुलपति डा. शाक्यले विश्वास व्यक्त गरे । 

उनलाई मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले कार्यक्रममा उपकुलपतिको नियुक्तिपत्र प्रदान गरेका हुन् । विश्वविद्यालयको कार्यालय वीरगन्जस्थित नेसनल ट्रेडिङको भवनमा स्थापना भइसकेको छ । पर्सामा सय बिघा जमिन खोजेर विश्वविद्यालयको थप संरचनाहरू बनाउने तयारी छ ।

मधेस प्रदेश सरकारका सामाजिक विकासमन्त्री एवं मधेस विश्वविद्यालयका डिन नवलकिशोर साहको अध्यक्षतामा भएको कार्यक्रममा वन तथा वातावरणमन्त्री प्रदीप यादव, विश्वविद्यालयका कुलपति एवं मधेस प्रदेस सरकारका मुख्यमन्त्री लालबाबु राउत, वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलगायत विभिन्न राजनीतिक दलका नेता, बौद्धिक समाज, सुरक्षा अधिकारीलगायतको सहभागिता थियो ।

ad
ad