१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ २३ बिहीबार
  • Thursday, 03 July, 2025
२o७९ भदौ २३ बिहीबार o७:५६:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

सात खेलमै प्रशिक्षक टुचेल बर्खास्त

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ भदौ २३ बिहीबार o७:५६:oo

चेल्सीले लगातार खराब प्रदर्शन गरेपछि प्रशिक्षक थोमस टुचेललाई बर्खास्त गरेको छ । यस सिजनमा केवल सात खेल खेलेको चेल्सीले बुधबार टुचेललाई बर्खास्त गरेको जनाएको हो ।

मंगलबार राति युरोपियन च्याम्पियन्स लिगअन्तर्गत समूह चरणको पहिलो खेलमै चेल्सी डाइनामो जाग्रेवसँग पराजित भएको थियो । चेल्सीको व्यवस्थापकले २० महिना सँगै काम गरेका टुचेलको भविष्य आगामी दिनमा नरहेको जनाएको हो । 

इंग्लिस प्रिमियर लिगमा ६ खेल खेलेको चेल्सीले तीन जित, एक बराबर र दुई हारसँगै १० अंक जोडेर छैटौँ स्थानमा छ । चेल्सी शीर्ष स्थानको आर्सनलभन्दा पाँच अंकले पछि छ । सन् २०२१ जनवरीमा फ्र्याक लाम्पार्डलाई परिवर्तन गर्दै टुचेल स्टामफोर्ड ब्रिज आएका थिए ।