१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
नयाँ पत्रिका काठमाडौँ
२o८१ जेठ ३ बिहीबार २o:११:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

डेंगु नियन्त्रणका लागि सरकारका चार योजना 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार २o:११:oo

डेंगु संक्रमण नियन्त्रणका लागि सरकारले विभिन्न चार योजना अघि सारेको छ। नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीको अध्यक्षतामा बुधबार बसेको उच्चस्तरीय बैठकले डेंगु नियन्त्रणका लागि योजना अघि सारेको हो। 

डेंगु रोगको नियन्त्रण तथा रोकथामको कार्ययोजना सञ्चालन भइरहेका प्रतिकार्य गतिविधिको समीक्षा, नियन्त्रणका लागि भइरहेको तयारी सम्बन्धमा छलफल गरी बैठकबाट विभिन्न निर्णय गरिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ताले बताएका हुन्।

बैठकले नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहबाट डेंगु रोकथाम र नियन्त्रणका लागि पहल गर्ने र त्यसको समन्वय र सहजीकरण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने निर्णय गरेको हो। डेंगु रोग सार्ने लामखुट्टेको लार्भा ‘खोज र नष्ट गर’ अभियानलाई तीव्र बनाउन सचेतनामूलक तथा सूचनामूलक श्रव्य तथा श्रव्य–दृश्य सामग्री विभिन्न माध्यमबाट प्रचारप्रसार गर्ने निर्णय गरेको छ।

यस्तै, रोग रोकथाम तथा नियन्त्रणका लागि यथाशीघ्र मोबाइल रिङटोन बनाई प्रचारप्रसार गर्ने बताइएको छ। रोगको पहिचान तथा उपचारमा कमी हुन नदिन आवश्यक व्यवस्था मिलाउने निर्णय गरिएको मन्त्रालयका प्रवक्ता डा. सञ्जय ठाकुरले बताएका छन्। यसबाहेक हाल देखिएको डेंगु रोगको प्रकोपको प्रतिकार्य गतिविधिको समीक्षा, नियन्त्रणका लागि भइरहेको तयारीको सम्बन्धमा समेत छलफल भएको मन्त्रालयले जनाएको छ।
 

ad
ad